विराटनगर।मोरङको जहदा गाउँपालिकामा श्रीमती र एक भारतीय नागरिक मिलेर श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। हत्या हुनेमा जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन रहेका छन्। प्रहरीका अनुसार आइतबार राति करिब १० बजे सोरेनमाथि उनकी ३५ वर्षीया श्रीमती कमली मास्के र भारतका २७ वर्षीय सुनील मिश्रले फलामको रड प्रहार गरेका थिए। टाउकोमा रड प्रहारबाट गम्भीर घाइते भएका सोरेनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए। घटनापछि प्रहरीले भारतीय नागरिक मिश्रलाई तत्कालै पक्राउ गरेको थियो। फरार रहेकी मृतककी श्रीमती कमलीलाई पनि खोजी गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ। सोरेनको हत्या गर्नुको कारण भने खुल्न सकेको छैन। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
भारतीय नागरिकसँग मिलेर श्रीमानको हत्या, दुबै पक्राउ

Read Complete Original Article
Published originally on नेपालन्युज






