भारतीय क्रिकेट छनोट समितिको अध्यक्षमा प्रज्ञान ओझा

काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्डले पुरुष क्रिकेट टोलीको छनोट समितिमा फेरबदल गर्दै पूर्वक्रिकेटर प्रज्ञान ओझालाई अध्यक्ष बनाएको छ । पूर्वक्रिकेटर रमेश पोवारलाई पनि समितिको सदस्यमा नियुक्त गरिएको छ। ओझाले अजित अगरकरको स्थान लिएका छन् । भारतीय क्रिकेट नियन्त्रण बोर्डका अनुसार, सबैभन्दा बढी टेस्ट खेल खेलेको आधारमा ओझाले छनोट समितिको अध्यक्षता गर्नेछन् । नयाँ समितिमा ओझासहित शिव सुन्दर दास, आरपी सिंह, अजय रात्रा र रमेश पोवार रहनेछन् । छनोट समितिको सदस्य नियुक्तिका लागि बोर्डको क्रिकेट सल्लाहकार समितिमा रहेका अशोक मल्होत्रा र जतिन पराञ्जपेले प्रक्रिया पूरा गरेका थिए । उनीहरूले बोर्डको मुख्यालयमा आवेदकहरूको छनोट र अन्तर्वार्ता लिएपछि पोवारको नाम सर्वसम्मत रूपमा सिफारिस गरेका थिए । प्रज्ञान ओझाले भारतका लागि २४ टेस्ट, १८ एकदिवसीय र ६ अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेल खेलेका छन् । उनले टेस्टमा ११३, एकदिवसीयमा २१ र अन्तर्राष्ट्रिय ट्वान्टी–२० मा १० विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ४७ रन दिएर ६ विकेट लिनु हो । त्यस्तै, एकदिवसीयमा ३८ रन दिएर ४ विकेट र अन्तर्राष्ट्रिय ट्वान्टी–२० मा २१ रन दिएर ४ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो । रमेश पोवारले भारतका लागि दुई टेस्ट र ३१ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । खेल जीवनबाट संन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा पनि काम गरेका छन् । उनले भारतीय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकका साथै मुम्बई र गुजरातका टोलीसँग काम गरेका थिए। भारतीय क्रिकेट नियन्त्रण बोर्डको उत्कृष्टता केन्द्रमा बलिङ प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालेका थिए । महिला टोलीको मुख्य प्रशिक्षक रहँदा उनको नेतृत्वमा भारतले एसिया कपको उपाधि जितेको थियो। त्यस्तै, राष्ट्रमण्डल खेलकुदमा रजत पदक हासिल गरेको थियो । भारतीय क्रिकेट नियन्त्रण बोर्डले निवर्तमान छनोट समिति अध्यक्ष अजित अगरकरको योगदानको पनि प्रशंसा गरेको छ । सन् २०२३ जुलाईमा अध्यक्ष नियुक्त भएका अगरकरको कार्यकालमा भारतले तीन अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का उपाधि, दुई एसिया कप र लगातार दुई एसियाली खेलकुदमा स्वर्ण पदक जितेको बोर्डले जनाएको छ । अब नयाँ छनोट समितिले भारतीय पुरुष टोलीका लागि खेलाडी छनोट र टोलीको संयोजनसम्बन्धी निर्णय गर्नेछ। आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्नु समितिको प्रमुख जिम्मेवारी हुनेछ । नयाँ अध्यक्ष ओझाको पहिलो जिम्मेवारी नेपाल भ्रमण गर्ने भारत ‘ए’ टोलीको छनोट हुन सक्नेछ । त्यसपछि डिसेम्बरमा श्रीलंकाविरुद्ध हुने तीन एकदिवसीय र तीन अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलको शृङ्खलाका लागि पनि उनले खेलाडी छनोट गर्नुपर्नेछ । The post भारतीय क्रिकेट छनोट समितिको अध्यक्षमा प्रज्ञान ओझा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

पर्सामा एक महिनामा १११ अपराधका घटना
काठमाडौं।जिल्ला प्रहरी कार्यालय पर्साले असोज महिनामा जिल्लामा भएका आपराधिक गतिविधि, अपराध अनुसन्धान तथा नियन्त्रणको प्रगति विवरण सार्वजनिक भएको छ। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार उक्त महिनामा विभिन्न प्रकृतिका ११ वटा अपराधका घटना दर्ता भए। शान्ति सुरक्षाको हिसाबले निकै चुनौतीपूर्ण मानिने पर्सा जिल्लामा चाडबाड, विशेष गरी बडादशैं लक्षित सुरक्षा योजना लागू गरिएको उक्त महिनामा सामाजिक अपराधका ६१ घटना ...

सुर्खेतमा फोर्स गाडी दुर्घटना, ९ जना घाइते
सुर्खेत। पश्चिम सुर्खेतको पञ्चपुरीमा फारेर फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। कैलालीको लम्किबाट अछामका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी मंगलबार अनियन्त्रित पञ्चपुरी नगरपालिका–३,... ...

तामाकोशी किनारका फाँटमा धान पहेँलपुर, दसैँको समयमा बाली भित्र्याउने चटारोमा किसान
रामेछाप । रामेछापको तामाकोशी नदी किनारका फाँटमा धानबाली पाकेर पहेँलपुर भएको छ । दसैँको समयमा धान पाकेपछि किसानहरू बाली काटेर भित्र्याउने तयारीमा जुटेका छन् । नदी किनारका फाँटमा लहलहाएको धानबालीले ग्रामीण क्षेत्रको प्राकृतिक सौन्दर्यसमेत बढाएको छ । तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलाम्मे देखिएका छन् । धानका बाला झुलेसँगै किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो सुरु भएको छ ...

दशैंको महानवमीमा काठमाडौंको मौसम र बाक्लो घरबस्तीको दृश्य (फोटो फिचर)
• बडादशैंको महानवमीका दिन काठमाडौं उपत्यकामा मौसमको दृश्य र घरबस्तीको चहलपहल देखिएको छ। • उपत्यकाका घरबस्ती र प्राकृतिक वातावरणले काठमाडौंको सहरी स्वरूपलाई झल्काउँछ। ...


