Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

भारतसँग के–के सहमति भयो ? परराष्ट्रमन्त्रीले सुनाए भ्रमणका उपलब्धि

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतसँग के–के सहमति भयो ? परराष्ट्रमन्त्रीले सुनाए भ्रमणका उपलब्धि
Photo / Coverage: पर्दाफास

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण बहुआयामिक रूपमा सफल र उपलब्धिमूलक भएको बताएका छन् । सोमबार साँझ प्रधानमन्त्री साहको दुईदिने राजकीय भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी दिँदै मन्त्री खनालले भ्रमणका क्रममा पारवहन, रेलमार्ग, ऊर्जा, पूर्वाधार तथा सीमापार सम्पर्क सञ्जाललगायतका क्षेत्रमा महत्त्वपूर्ण सहमति भएको बताए । उनका अनुसार प्रधानमन्त्री साह र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटवार्तामा भारतले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल (कान्डला) बन्दरगाह हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने समझदारी भएको छ । आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहमा समेत नेपाललाई पहुँच उपलब्ध गराइने उनले जानकारी दिए । भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गरेका छन् । त्यस्तै, प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको स्थलगत मार्ग निर्धारण सर्वेक्षणलाई अन्तिम रूप दिने र नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमति भएको मन्त्री खनालले बताए । ऊर्जा क्षेत्रमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिन तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको अध्ययन तीव्र पार्न दुवै पक्ष सहमत भएको उनले जानकारी दिए । त्यस्तै, इनरुवा–नयाँ पूर्णिया र दोधारा–बरेली सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त उद्यम गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति दुवै देशले सन्तुष्टि व्यक्त गरेका छन् । पूर्वाधार तथा सीमापार सम्पर्क विस्तारतर्फ भैरहवा, सुनौली र दोधारा–चाँदनीमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणलाई तीव्रता दिने सहमति भएको छ । भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण भएको नयाँ सीमापार सवारीसाधन सञ्चालनयोग्य पुलको समेत उद्घाटन गरिएको मन्त्री खनालले बताए । यसैगरी, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन गरी नेपाली जनतालाई समर्पण गरिएको छ भने झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको छ । हवाई सम्पर्क विस्तारअन्तर्गत काठमाडौं–भैरहवा–लखनउ दुईतर्फी हवाई सेवा सञ्चालनका लागि समेत भारत सहमत भएको मन्त्री खनालले जानकारी दिए । उनले प्रधानमन्त्री साहको भारत भ्रमण दुई देशबीचको सम्बन्ध विस्तार र नेपालको बहुआयामिक विकासमा सहकार्यका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री साह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सोमबार साँझ स्वदेश फर्किएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘आर्थिक सहयोग र हवाई रुट सकारात्मक, सीमामा सरकार प्रवेश नै गर्न चाहेन’
OthersJust now

‘आर्थिक सहयोग र हवाई रुट सकारात्मक, सीमामा सरकार प्रवेश नै गर्न चाहेन’

भलै भैरहवा विमानस्थलमा अवतरण गर्न मिल्ने गरी प्राविधिक तहमा सहमति जुटेर सञ्चालनमा आउन अझै बाँकी छ, तर नीतिगत तहमा सहमति हुनुलाई सकारात्मक रूपमै लिनुपर्छ। ...

अनलाइन खबर
संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’का लागि भारतीय सैनिक टोली नेपालमा
OthersJust now

संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’का लागि भारतीय सैनिक टोली नेपालमा

काठमाण्डु – नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’मा सहभागी हुन भारतीय सैनिक टोली सोमबार नेपाल आएको छ । विक्रम संवत् २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा यो सैन्य अभ्यास सञ्चालन हुँदै आएको छ । संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’को बिसौँ संस्करणमा सहभागी हुन भारतीय सेनाको टोली रुपन्देहीको सालझण्डीस्थित […] ...

काठमाण्डुपाटी
भारत भ्रमण सकेर फर्किएपछि मोदी र भारतीय जनतालाई बालेनले दिए धन्यवाद
OthersJust now

भारत भ्रमण सकेर फर्किएपछि मोदी र भारतीय जनतालाई बालेनले दिए धन्यवाद

प्रधानमन्त्री वालेन्द्र शाहले दुईदिने औपचारिक भारत भ्रमण पूरा गरी स्वदेश फर्किएपछि भारतीय समकक्षी नरेन्द्र मोदी र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रमणका महत्त्वपूर्ण तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले आतिथ्य र सद्भावका लागि धन्यवाद दिएका हुन् । नेपाल र भारतको झन्डा तथा मुटुको इमोजीसहित उनले लेखेका छन्, ‘धन्यवाद महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यू र भारतीय जनता ।’ प्रधानमन्त्री ...

पर्दाफास
भर्नाको मुखमा निजी मेडिकल कलेजको बखेडा : सिट र शुल्क बढाऊ, नत्र पढाउँदैनौं
OthersJust now

भर्नाको मुखमा निजी मेडिकल कलेजको बखेडा : सिट र शुल्क बढाऊ, नत्र पढाउँदैनौं

चिकित्सा शिक्षा आयोगले सिट र शुल्क निर्धारण गरेपछि निजी मेडिकल कलेज सञ्चालक फेरि असन्तुष्ट बनेका छन् । उनीहरूले भर्नाको मुखमा सिट र शुल्क बढाउन दबाब दिने पुरानै शैली दोहोर्‍याएका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement