Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

भारतसँगको १ खर्ब ८४ अर्ब ऋण ऊर्जा र पूर्वाधार विकासमा उपयोग हुन्छ : अर्थमन्त्री वाग्ले

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतसँगको १ खर्ब ८४ अर्ब ऋण ऊर्जा र पूर्वाधार विकासमा उपयोग हुन्छ : अर्थमन्त्री वाग्ले
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ८ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहमति भएको १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण ऊर्जा तथा पूर्वाधार विकासमा आवश्यकता अनुसार उपयोग गरिने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उहाँले उक्त रकम तत्काल ऋणका रूपमा लिइने नभई आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गरिने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पार्नुभयो । नेपालको ऊर्जा क्षेत्रमा ४० हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेकाले प्रसारण लाइनलगायतका पूर्वाधार निर्माणमा उक्त ऋण उपयोग गर्न सकिने उहाँले बताउनुभयो । अमेरिकी डलरको सट्टा भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्न सकिने विकल्पले विनिमय दरको जोखिमसमेत घटाउने उहाँको भनाइ छ । यद्यपि, ऋणको ब्याजदर, भुक्तानी अवधि र ग्रेस पिरियडबारे प्राविधिक छलफल हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । भारत भ्रमणका क्रममा नेपालले ५६ अर्ब रुपैयाँ बराबरको अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिट प्राप्त गरेको अर्थमन्त्री वाग्लेले बताउनुभयो । यसैबीच, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्ध हुनु नेपालको कूटनीतिक उपलब्धि भएको उहाँले बताउनुभयो । सुनकोशी–सप्तकोशी उच्च बाँध आयोजना नयाँ नभई सन् २००४ देखि नै नेपाल–भारतको संयुक्त अध्ययनमा रहेको उहाँले स्पष्ट पार्नुभयो । भारतसँग तयार गरिएको ‘विकसित भारत र समुन्नत नेपाल’ भिजन डकुमेन्टले नेपालको विद्यमान नीति तथा योजनालाई विस्थापित नगर्ने पनि उहाँले बताउनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
व्यापार, पर्यटन लगायतका क्षेत्रमा नेपाल र श्रीलंकाबीच सहकार्य
Economy & BusinessJust now

व्यापार, पर्यटन लगायतका क्षेत्रमा नेपाल र श्रीलंकाबीच सहकार्य

काठमाण्डु – नेपाल र श्रीलंकाबीच व्यापार, लगानी, पर्यटन र नवप्रवर्तन लगायतका क्षेत्रमा सहकार्य हुने भएको छ । नेपाल–श्रीलंका चेम्बर अफ कमर्शको २०औँ साधारण सभाका अवसरमा मंगलबार आयोजित कार्यक्रममा नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्थी डेल्पिटियाले नेपाल र श्रीलंकाबीच व्यापरिक सम्बन्ध थप विस्तार गर्दे लैजाने बताए । ‘नेपाल र श्रीलंकाबीच व्यापार, लगानी, पर्यटन र नवप्रवर्तन लगायतका क्षेत्रमा […] ...

काठमाण्डुपाटी
ठमेलमा व्यवसायको नाममा पर्यटक ठगी गर्नेलाई   कारबाही
Economy & BusinessJust now

ठमेलमा व्यवसायको नाममा पर्यटक ठगी गर्नेलाई   कारबाही

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी, ठमेल पर्यटन विकास परिषद्ले गएराति संयुक्त रुपमा ठमेल क्षेत्रमा गरेको अनुगमनमा पर्यटकलाई ठगी गर्नेलाई कारबाही गरेको हो । अनुगमनका क्रममा ठूला आवाजमा सङ्गित … ...

आर्थिक न्यूज
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर
Economy & BusinessJust now

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर करार सेवामा कार्यरत एक कर्मचारीविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।  प्यूठानको सरूमारानी गाउँपालिका–४ का भोजबाबु सोमै मगरले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी रूम्जाटार माध्यमिक विद्यालय र त्यसपछि खानेपानी मन्त्रालय सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटव… ...

आर्थिक न्यूज
सिद्धार्थ बैंकलाई भिसा इन्टरनेसनलका दुई प्रतिष्ठित अवार्ड
Economy & BusinessJust now

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेसनलका दुई प्रतिष्ठित अवार्ड

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेसनलद्वारा प्रदान गरिने दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।  भिसा इन्टरनेसनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा कार्ड व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा बैंकलाई दुई विधामा सम्मानित गरिएको हो। बैंकले प्राप्त गरेका अवार्डहरूमा ‘एक्सिलेन्स इन क… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement