Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

भारतले लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जनालाई दिएन प्रवेश अनुमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतले लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जनालाई दिएन प्रवेश अनुमति
Photo / Coverage: केन्द्रबिन्दु

नयाँदिल्ली । भारतले विपक्षी काङ्ग्रेस पार्टीद्वारा आयोजित लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जना अन्तरराष्ट्रिय वक्तालाई प्रवेश अनुमति दिएको छैन । काङ्ग्रेसका एक वरिष्ठ नेताले शुक्रबार यसबारे जानकारी दिएका हुन् । प्रवेश अनुमति नपाउनेमा नर्वेकी एक पत्रकार पनि हुन् । उनले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रेस स्वतन्त्रताका विषयमा प्रश्न गरेका थिए । काङ्ग्रेसका सांसद तथा संयुक्त राष्ट्रसङ्घका पूर्ववरिष्ठ अधिकारी शशि थरुरका अनुसार भारतको विदेश मन्त्रालयले अनुमति दिएका ३१५ वक्तामध्ये ११५ जनालाई पछि प्रवेश अनुमति दिइएन वा उनीहरूको भिसा रद्द गरियो । यो कदम सम्भवतः गृह मन्त्रालयको निर्देशनमा चालिएको उनले बताए । थरुरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने कुरा स्पष्ट छैन ।” उनले थ िभनेका छन्, “आफूलाई आलोचनात्मक लाग्ने आवाज दबाउनुपर्ने अवस्थामा पुगेको एउटा गर्विलो लोकतन्त्रका लागि यो निकै लज्जास्पद कुरा हो ।” नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताइन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो । उनले गत मे महिनामा ओस्लो भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीलाई प्रश्न गरेकी थिइन् । यस घटनाको ‘एडिटर्स गिल्ड अफ इन्डिया’ले निन्दा गरेको छ । गिल्डले यस कदमलाई ‘प्रशासकीय अतिचार’ भन्दै सरकारलाई यसको कारण सार्वजनिक गर्न र निर्णय फिर्ता लिन आग्रह गरेको छ । शुक्रबार हैदराबादमा सुरु भएको दुईदिने सम्मेलनमा ७० भन्दा बढी देशका करिब एक हजार प्रतिनिधि सहभागी भएका छन् । सम्मेलनमा लोकतन्त्र, जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ता (एआई) र विश्वव्यापी सहकार्यका विषयमा छलफल हुनेछ । -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौं-हेटौंडा सडकमा रात्रिकालीन सार्वजनिक सवारीसाधनमा रोक
Latest NewsJust now

काठमाडौं-हेटौंडा सडकमा रात्रिकालीन सार्वजनिक सवारीसाधनमा रोक

काठमाडौं। काठमाडौंको बल्खु-दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक तथा सार्वजनिक सवारीसाधनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अब यस्ता सवारीसाधनले साँझ ८ बजेभित्र फर्पिङ प्रहरी चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरेको हो। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनाअनुसार उक्त सडकखण्डमा चल्ने सार्वजनिक सवारीसाधन बिहान ५ बजेदेखि मात्र सञ्चालन गर्न पाइनेछ। प्रशासनले ...

नेपालन्युज
जनकपुरविरुद्ध चितवन ४ विकेटले विजयी, प्लेअफ सम्भावना अझै जीवित
Latest NewsJust now

जनकपुरविरुद्ध चितवन ४ विकेटले विजयी, प्लेअफ सम्भावना अझै जीवित

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत चितवन राइनोजले तेस्रो जित हासिल गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले प्लेअफ सम्भावना जीवित राखेको हो । जनकपुरले दिएको ९९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । चितवनको जितमा डेविड मलानले सर्वाधिक ३५ रन बनाए। त्यस्तै, सर्वाधिक मल्लले १५, ...

फरकधार
भीमफेदी दुर्घटनाः तेह्र शव आफन्तले बुझे
Latest NewsJust now

भीमफेदी दुर्घटनाः तेह्र शव आफन्तले बुझे

सरिता दाहालहेटौँडा, कात्तिक २७ गते। बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका –६ चिसापानीगढीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका १३ जनाको शव आफन्तले आज साँझ बुझेका... ...

गोरखापत्र
एनपीएलमा चितवनको प्लेअफ सम्भावना बढ्यो, जनकपुरमाथि ४ विकेटको जित
Latest NewsJust now

एनपीएलमा चितवनको प्लेअफ सम्भावना बढ्यो, जनकपुरमाथि ४ विकेटको जित

जितसँगै चितवनले प्लेअफ सम्भावना बलियो बनाएको छ । एक खेल खेल्न बाँकी छँदै चितवन ७ अंकसहित चौथो स्थानमा उक्लेको छ । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play