Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

भारतबाट ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यातको अनुमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतबाट ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यातको अनुमति
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयामका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । साथै, तीन जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् भारतमा बिक्री गर्न पनि अनुमति प्राप्त भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाललाई भारतीय ऊर्जा विनिमय बजारको डे–अहेड तथा वास्तविक समय बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो । प्राधिकरणले २०८३ मङ्सिर १ देखि २०८४ साउन १५ सम्म विद्युत् आयात गर्न पाउनेछ । बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म भने आयात गर्न पाइने छैन । अनुमतिअनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया प्रसारण लाइनबाट ५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भारतबाट ३५० मेगावाट आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत् माग र आपूर्ति व्यवस्थापन सहज हुने बताएका छन् । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । प्राधिकरणको अनुमानअनुसार यस वर्ष पुसदेखि चैतसम्म आन्तरिक उत्पादनभन्दा विद्युत् माग बढी हुनेछ। विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने देखिएको छ । उच्च माग हुने समयमा भने दैनिक ८०० देखि ९०० मेगावाटसम्म आयात आवश्यक पर्ने अनुमान छ । पुस र चैतमा तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने तथा वैशाखदेखि नदीमा पानीको बहाव बढेसँगै आन्तरिक उत्पादन वृद्धि भएर आयात घट्दै निर्यात सुरु हुने प्राधिकरणको आकलन छ । प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ । उक्त विद्युत् पनि २०८३ मङ्सिर १ देखि २०८४ साउन १५ सम्म निर्यात गर्न सकिनेछ । The post भारतबाट ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यातको अनुमति appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेसमा वरिष्ठ उपसभापतिको पद कति शक्तिशाली ?
Latest NewsJust now

कांग्रेसमा वरिष्ठ उपसभापतिको पद कति शक्तिशाली ?

विगतमा महामन्त्रीअन्तर्गत रहेका कतिपय अधिकारसमेत यस महाधिवेशनबाट वरिष्ठ उपसभापतिको जिम्मेवारीमा ल्याइएको छ । त्यति मात्र होइन, सभापतिको तजबिजी अधिकारसमेत विधानमै व्यवस्था गरेर वरिष्ठ उपसभापतिमातहत ल्याइएको छ । ...

कान्तिपुर
कर सप्ताह सुरु
Latest NewsJust now

कर सप्ताह सुरु

काठमाडौँ, मङ्सिर १ गते । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यस... ...

गोरखापत्र
बाढीपीडितकाे व्यवस्थापनमा सरकारकाे बेवास्ता
Latest NewsJust now

बाढीपीडितकाे व्यवस्थापनमा सरकारकाे बेवास्ता

काठमाडौँ। गत भदौ १० मा भोटेकोशी बाढीबाट विस्थापित विदुर नगरपालिका १ त्रिशूली बजारका बाढीपीडित नागरिकहरू नेपाल विद्युत् प्राधिकरणको जग्गामा बसोबास गर्न थालेका छन् । सरकारले विस्थापितको पुनःस्थापनामा बेवास्ता गरेपछि पीडितहरू... ...

रातोपाटी
सिन्धुलीमा विङ्गर दुर्घटना, १० भन्दा बढी घाइते
Latest NewsJust now

सिन्धुलीमा विङ्गर दुर्घटना, १० भन्दा बढी घाइते

सिन्धुली । सिन्धुलीको खुर्कोट नजिकै जनकपुरबाट काठमाडौं आउँदै गरेको विङ्गर गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा १० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार आज दिउँसो भएको दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरी घटनास्थल पुगेर घाइतेहरूको उद्धारमा जुटेका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना के कारणले भयो र ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play