Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

भारतबाट भन्सार छली ल्याइएका २८ लाखभन्दा बढीका फूल नष्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतबाट भन्सार छली ल्याइएका २८ लाखभन्दा बढीका फूल नष्ट
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सशस्त्र प्रहरी बलले भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका करिब २८ लाख २७ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका फूल बरामद गरी नष्ट गरेको छ। तिहार तथा छठ पर्वलाई लक्षित गरी ल्याइएका सयपत्री, कमल र रजनिगन्धाका फूल झापा र धनुषाका विभिन्न सीमावर्ती क्षेत्रबाट बरामद गरिएको हो। सशस्त्र प्रहरीका अनुसार झापाको भद्रपुर नगरपालिका–८ देवीबस्तीबाट २५ लाख ६३ हजार ४०० रुपैयाँ बराबरका फूल बरामद गरिएको छ। सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको नौ जनाको मोबाइल गस्ती टोलीले २२ लाख ६८ हजार ४०० रुपैयाँ बराबरका ११ हजार ३४२ थान भारतीय सयपत्रीका माला र २ लाख ९५ हजार रुपैयाँ बराबरका १२ झोला कमलका फूल बरामद गरेको थियो। बरामद फूल जनप्रतिनिधिको उपस्थितिमा सशस्त्र प्रहरी गण परिसरभित्र खाल्डो खनी नष्ट गरिएको छ। त्यसैगरी धनुषाको देवडिहा क्षेत्रबाट १ लाख २४ हजार रुपैयाँ बराबरका फूल बरामद गरिएको छ। गस्ती टोलीलाई देखेपछि तस्करहरू दुईवटा मोटरसाइकल छाडेर फरार भएका थिए। उक्त स्थानबाट ९१ हजार रुपैयाँ बराबरको १३० केजी सयपत्री र ३३ हजार रुपैयाँ बराबरको ३० केजी रजनिगन्धा बरामद गरिएको थियो। ती फूल स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र पत्रकारको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। यस्तै, कात्तिक २२ गते बिहान धनुषाकै फूलगामा क्षेत्रबाट १ लाख ४० हजार रुपैयाँ बराबरको २०० केजी सयपत्री फूल बरामद गरिएको थियो। सशस्त्र प्रहरीको टोलीलाई देखेपछि तस्करहरूले टाउकोमा बोकेर ल्याउँदै गरेका फूल सीमाक्षेत्रमै छाडेर फरार भएका थिए। उक्त फूल पनि स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, जटही भन्सार कार्यालयका प्रतिनिधि र स्थानीय बासिन्दाको रोहवरमा नष्ट गरिएको छ। नेपाली किसानले उत्पादन गरेका स्थानीय फूलको प्रवर्द्धन तथा अवैध आयात नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी कडा पारिएको सशस्त्र प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अपडेटः इरानको हर्मुजमा तीन ट्याङ्करमा आगलागी
Latest NewsJust now

अपडेटः इरानको हर्मुजमा तीन ट्याङ्करमा आगलागी

इरानले आफ्नो अनुमति बिना ट्रान्जिट गर्ने जहाजहरूलाई लक्षित गरिरहेको हर्मुज क्षेत्रको जलमार्गमा तीन तेल ट्याङ्करहरूमा आइतबार आगलागी भएको छ । रिभोलुसनरी गाड्र्सले एक विज्ञप्ति जारी गरी अनुमति बिना ट्रान्जिट गरेका कार्गो... ...

रातोपाटी
‘सिन्दुरे जात्रा’को गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक
Latest NewsJust now

‘सिन्दुरे जात्रा’को गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को गीत सार्वजनिक भएको छ । ‘बाँसैको सुप्लाखे’ बोलको गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर छ । सुरज गैरे विवशको शब्द रहेको गीतमा संगीत प्रशान्त... ...

रातोपाटी
लक्ष्मी पूजाको साँझ यस्तो देखियो झिलिमिली काठमाडौँ (तस्बिरहरू)
Latest NewsJust now

लक्ष्मी पूजाको साँझ यस्तो देखियो झिलिमिली काठमाडौँ (तस्बिरहरू)

काठमाडौँ । आज लक्ष्मी पूजा । तिहारको रौनकसँगै काठमाडौँ उपत्यका झिलिमिली बनेको छ । रङ्गीचङ्गी बत्ती र घरघरमा बालिएका दीपले उपत्यकाको दृश्य मनमोहक देखिएको छ । तिहार सुरु भएसँगै काठमाडौँ... ...

रातोपाटी
दानबहादुर फर्किए प्रहरीमा के हुन्छ?
Latest NewsJust now

दानबहादुर फर्किए प्रहरीमा के हुन्छ?

नेपाल प्रहरीको नेतृत्वबाट हटाइएका दानबहादुर कार्की पुनः प्रहरी महानिरीक्षककै कुर्सीमा फर्किन सक्छन्? यो प्रश्न अहिले प्रहरी संगठनभित्र मात्र होइन, कानुनी र राजनीतिक वृत्तमा समेत चासोको विषय बनेको छ। सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएको छ। उनको ठाउँमा प्रहरी अतिरिक्त महानिरीक्षक मनोजकुमार केसीलाई महानिरीक्षक नियुक्त गरिसकेको छ। केसीले पदभार सम्हालेर प्रहरी संगठनको नेतृत्वसमेत गरिरहेका छन्। उनले आफूलाई महानिरीक्षकबाट ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play