Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

भारतको नयाँ दिल्लीबाट उद्वार ३ नेपालीको पारिवारिक पुनर्मिलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतको नयाँ दिल्लीबाट उद्वार ३ नेपालीको पारिवारिक पुनर्मिलन
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। आकर्षक वैदेशिक रोजगारीको सुन्दर सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक उद्धार गरिएका तीन नेपालीको पारिवारिक पुनर्मिलन भएको छ। सर्बिया पठाइदिने प्रलोभन देखाएर भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलको कोठामा बन्धक बनाएर राखिएका उनीहरूलाई सामाजिक संस्था किन इण्डियाले उद्धार गरेको थियो। संस्थाका प्रतिनिधि महिन्द्र भट्टराईका अनुसार हिजो कोशी प्रदेश सामाजिक विकास मन्त्री गीता तिम्सिनाको समन्वयमा २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङ १ जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटा मार्फत पारिवारिक पुनर्मिलन कार्य सम्पन्न गरिएको हो। वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने आश्वासन दिएर अवैध मानव ओसारपसार समूहले उनीहरूलाई दिल्ली पुर्‍याएको थियो। घटनाबारे जानकारी प्राप्त भएपछि सम्बन्धित निकायसँग तत्काल समन्वय गरी उद्धारका लागि पहल गरिएको किन इन्डियाका निर्देशक नवीन जोशीले बताए। ‘बन्धक बनाएको घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, नेपाली राजदूतावास नयाँदिल्ली तथा दिल्ली प्रहरीको समन्वयमा ३ जनालाई बन्धक अवस्थाबाट सकुशल उद्धार गरिएको हो’, किन इण्डियाका ग्लोबल संयोजक इन्द्रराज भट्टराईले बताए। भट्टराईका अनुसार भारतमा आवश्यक कानूनी प्रक्रिया पूरा गरेपश्चात तीनै जनालाई नेपाल ल्याइएको थियो। आकर्षक रोजगारीको प्रलोभनमा पारेर नेपाली नागरिकलाई बिभिन्न मुलुकमा पुर्याई शोषण तथा बेचबिखनको जोखिममा पार्ने यस्ता घटना दिनप्रतिदिन बढिरहेकोले व्यक्ति सचेत रहन तथा यसप्रति राज्यका सबै निकाय थप सचेत र जिम्मेवार बन्न आवश्यक देखिएको उनले ध्यानाकर्षण गराएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नदीजन्य उद्दार सामाग्री परीक्षण
Latest NewsJust now

नदीजन्य उद्दार सामाग्री परीक्षण

• बागलुङमा नदीजन्य विपद्को जोखिम न्यूनीकरण र उद्धार कार्यका लागि आधुनिक उद्धार डुङ्गा र सामग्रीको परीक्षण भइरहेको छ। • रु सातलाख खर्च गरेर जुटाइएका सामग्री सशस्त्र प्रहरी गुल्म बागलुङले विपद्को समयमा प्रयोग गर्नेछ। • विभिन्न सङ्घसंस्थाको सहयोगमा यी सामग्रीहरू खरिद गरिएको हो। ...

नेपालबहस
नेपाल–चीन सहकार्यमा हाइब्रिड धानको सफल परीक्षण
Latest NewsJust now

नेपाल–चीन सहकार्यमा हाइब्रिड धानको सफल परीक्षण

मोहसिन अलीभरतपुर, मङ्सिर १० गते । चीनको चोङछिङबाट प्राप्त कृषि प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको परीक्षण खेती सफल भएको छ । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्या... ...

गोरखापत्र
इरानसँग रुस र चीन कम संलग्न रहेको  ट्रम्पको भनाइ
Latest NewsJust now

इरानसँग रुस र चीन कम संलग्न रहेको ट्रम्पको भनाइ

पाम बिच, संयुक्त राज्य अमेरिका, मङ्सिर ११ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँग रुस र चीनले कृत्तिम बुद्धिमत्ता (एआई) को आदानप्रदान गरेको विषयलाई कम महत्त्व दिँ... ...

गोरखापत्र
नेपालको डिजिटल भुक्तानी विस्तारमा सहकार्य बढाउने भिसाको प्रतिबद्धता
Latest NewsJust now

नेपालको डिजिटल भुक्तानी विस्तारमा सहकार्य बढाउने भिसाको प्रतिबद्धता

काठमाडौं । विश्वव्यापी डिजिटल भुक्तानी कम्पनी भिसाले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित, आधुनिक र समावेशी बनाउन सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले काठमाडौंमा आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ मा यस्तो प्रतिबद्धता दोहोर्‍याएको हो । ‘विश्वासः विश्वलाई अगाडि बढाउने शक्ति’ नारासहित आयोजित कार्यक्रममा बैंक तथा वित्तीय संस्था, सरकार, नियामक निकाय र भुक्तानी क्षेत्रका २०० भन्दा बढी प्रतिनिधि सहभागी थिए ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement