काठमाडौं– मलेसियामा कामदार पठाउँदा अवैध रुपमा संकलन गरिएको रकम मलेसिया पठाएको सम्बन्धमा अनुसन्धान अघि बढाएपछि फरार भएका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई भारतको कोलकाताबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले उनलाई भारतको कोलकाताबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो । उनलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गराइएको र हवाइमार्गबाट काठमाडौं ल्याइएको थियो । सीआईबी स्रोतका अनुसार उनलाई म्याद थप गर्न काठमाडौं जिल्ला अदालत उपस्थित गराउने प्रक्रिया अघि बढाइएको छ । यसअघि तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परेका छन् । उनीहरूविरुद्ध ठगी र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
भारतको कोलकातामा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई ल्याइयो काठमाडौं

Read Complete Original Article
Published originally on विश्वखबर






