Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

भारतको अयोध्याबाट छुटेको रेल जनकपुरधाम आइपुग्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतको अयोध्याबाट छुटेको रेल जनकपुरधाम आइपुग्यो
Photo / Coverage: लुम्बिनी सञ्चार

जनकपुरधाम । भारतको अयोध्याबाट नेपालको जनकपुरधाम जोड्ने धार्मिक पर्यटन रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ। सोमबार दिउँसो १२ः३० बजे अयोध्याधामबाट छुटेको रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम रेल्वे स्टेसनमा आइपुगेको हो। करिब ६०४ किलोमिटर दूरी पार गर्दै उत्तर प्रदेश र बिहारका विभिन्न शहर हुँदै रेल जनकपुरधाम पुगेको हो। रेलको स्वागतका लागि जनकपुरधाम रेल्वे स्टेसनमा सांस्कृतिक कार्यक्रम तथा परम्परागत झाँकी आयोजना गरिएको थियो। रेलमा आएका यात्रु तथा भारतीय प्रतिनिधिमण्डलका सदस्यलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादवले स्वागत गरेका थिए। १७ वटा डिब्बा रहेको रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा छन्। रेल भारतका मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रोकिनेछ। रेल सेवा सातामा एकपटक सञ्चालन हुने व्यवस्था गरिएको छ। भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्ने यो सेवाले नेपाल–भारतबीचको धार्मिक पर्यटन र सांस्कृतिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट दुवै देशका धार्मिक पर्यटकको आवागमन बढ्नुका साथै जनकपुरधामको पर्यटन तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
काठमाडौं–भैरहवा–लखनउ हवाई मार्ग : भारतको सहमति कहिले, नेपालको प्रतीक्षा कहिलेसम्म ?
Latest NewsJust now

काठमाडौं–भैरहवा–लखनउ हवाई मार्ग : भारतको सहमति कहिले, नेपालको प्रतीक्षा कहिलेसम्म ?

• नेपालले १७ वर्षदेखि उठाउँदै आएको भैरहवा हुँदै भारतीय आकाशबाट नेपाल प्रवेश गर्ने हवाई मार्गको लागि भारतसँग आंशिक सहमति जुटेको छ। • काठमाडौं–भैरहवा–लखनउ (बी ३४५) हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी बनाउने नीतिगत सहमति भएको भए पनि प्राविधिक प्रक्रियाहरू अझै टुंगिन बाँकी छन्। • यस मार्गको दुईतर्फी सञ्चालनले नेपाल र भारतबीचको हवाई आवतजावतमा सहजता ल्याउने र व्यावसायिक सम्भावनामा वृद्धि गर्ने अपेक्षा गरिएको ...

नेपालबहस
एसिया कप राइजिङ स्टार्सः नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै
Latest NewsJust now

एसिया कप राइजिङ स्टार्सः नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै

काठमाडौँ । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दैछ । नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल अपराह्न ३ः४५ देखि दोहास्थित युनिभर्सिटी अफ... ...

रातोपाटी
दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित
Latest NewsJust now

दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित

झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीको सीमा क्षेत्रमा रहेको सौर्य विद्युतीय घेराबारा तोडेर दैनिक ठूलो सङ्ख्यामा नेपाल प्रवेश गर्ने जङ्गली हात्तीका कारण स्थानीयवासीमा त्रास फैलिएको छ । हात्तीको प्रवेश रोक्न निर्माण गरिएको... ...

रातोपाटी
नेपालमा आईआईटी खोल्ने सहमति, सञ्चालन मोडालिटी टुंगिन बाँकी
Latest NewsJust now

नेपालमा आईआईटी खोल्ने सहमति, सञ्चालन मोडालिटी टुंगिन बाँकी

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा अफसोर क्याम्पस स्थापना गर्ने सम्झौता भए पनि कहाँ र कुन विषय पढाउने भन्नेबारे दुई देशबीच छलफल हुन बाँकी छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement