Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

भारतका सूर्यवंशीले रचे इतिहास: ५२ बलमै दोहोरो शतक, छक्काको वर्षा

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतका सूर्यवंशीले रचे इतिहास: ५२ बलमै दोहोरो शतक, छक्काको वर्षा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । भारतीय युवा ओपनर वैभव सूर्यवंशीले यूएईविरुद्धको म्याचमा अविश्वसनीय ब्याटिङ गर्दै ५२ बलमै दोहोरो शतक प्रहार गरेका छन् । उनले २८ छक्का र ७ चौका प्रहार गर्दै शतक पूरा गरेका हुन् । आफ्नो इनिङमा सूर्यवंशीले ६ रन मात्रै दौडिएर लिए । उनले सिंगल डबलमा रुची नै देखाएन् । पहिलो ओभरमै तीन छक्का प्रहार गरेर आक्रमण सुरु गरेका उनले त्यसपछि पछाडि फर्केर हेरेनन् । यूएईका बलरहरु उनीसामू निरिह देखिए । एसीसी राइजिङ स्टार्स कप अन्तरगत कतारमा जारी एक दिवसीय म्याचमा उनले भारत ‘ए’का लागि यस्तो ब्याटिङ गरेका हुन् । यूएइले पहिले ब्याटिङ गर्दै भारतलाई २५० रनको लक्ष्य दिएको थियो । सुर्यवंशीको आक्रमणमा उक्त लक्ष्य फुच्चे देखियो । २९ औं छक्का हान्ने प्रयासमा सुर्यवंशी आउट भए । उनले लिस्ट ‘ए’मा सर्वाधिक छिटो शतक र दोहोरो शतकको विश्व किर्तिमान राखेका छन् । सर्वाधिक छक्काको किर्तिमान पनि उनले आफ्नो नाममा गरे । The post भारतका सूर्यवंशीले रचे इतिहास: ५२ बलमै दोहोरो शतक, छक्काको वर्षा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध
Latest NewsJust now

मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध

• जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले चर्को आवाजमा डीजे र ध्वनि विस्तारक यन्त्रको अनाधिकृत प्रयोग नगर्न अनुरोध गरेको छ, जसले स्वास्थ्य र शान्तिमा असर पार्न सक्छ। • पटाकाजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ र कानूनी कारवाहीको चेतावनी दिइएको छ। • प्रहरीले बुटवल उपमहानगरपालिकामा सातजना बिचौलियालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। ...

नेपालबहस
हावाहुरीले त्रिपाल उडाउँदा बाढीपीडित समस्यामा
Latest NewsJust now

हावाहुरीले त्रिपाल उडाउँदा बाढीपीडित समस्यामा

गोरखा । हावाहुरीले त्रिपाल उठाएपछि चुमनुब्री गाउँपालिका–३ जगतका बूढीगण्डकीका बाढीपीडित थप समस्यामा परेका छन् । बूढीगण्डकीको बाढीले घर बगाएपछि डेढ महिनादेखि त्रिपालमुनि बस्दै आएका चुमनुब्री–३ का पाँच परिवारको त्रिपाल पनि उडाएपछि खुला आकाशमुनि बास बस्नुपरेको पीडित लालमाया गुरुङले दुखेसो गरिन् । उनी गत असोज २५ गतेको बूढीगण्डकीको बाढीबाट विस्थापित भई जगत गाउँको कुनामा पहराको फेदमा त्रिपाल टाँगेर बसोबास गर्न थालेका थिए ...

केन्द्रबिन्दु
स्वास्थ्य बीमा, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको प्रणाली एकीकरणबारे छलफल
Latest NewsJust now

स्वास्थ्य बीमा, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको प्रणाली एकीकरणबारे छलफल

​काठमाडौँ । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्दै योगदान सङ्कलन तथा सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा सरोकारवाला निकायबीच छलफल भएको छ। बैठकमा हाल छुट्टाछुट्टै संरचनामा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement