Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

भारतका विभिन्न राज्यमा शीतलहरदेखि भारी वर्षासम्मको चेतावनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतका विभिन्न राज्यमा शीतलहरदेखि भारी वर्षासम्मको चेतावनी
Photo / Coverage: केन्द्रबिन्दु

नयाँ दिल्ली । नोभेम्बरको अन्तिम सातादेखि डिसेम्बरको सुरुवातसम्म भारतका विभिन्न क्षेत्रमा मौसमले जनजीवन प्रभावित पार्न सक्ने देखिएको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले दिल्ली, उत्तर प्रदेश, पञ्जाब र हरियाणासहितका राज्यमा बाक्लो हुस्सु लाग्ने चेतावनी दिएको छ। पूर्वी राजस्थानका केही क्षेत्रमा शीतलहर चल्ने सम्भावना छ भने दक्षिण भारतका केरल र तमिलनाडुमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। मौसम विभागका अनुसार नोभेम्बर २६ देखि २८ सम्म पूर्वी तथा पश्चिमी उत्तर प्रदेश, पञ्जाब, हरियाणा, चण्डीगढ र दिल्लीका केही क्षेत्रमा बाक्लो हुस्सु लाग्न सक्छ। हिमाचल प्रदेशमा नोभेम्बर ३० सम्म हुस्सुको प्रभाव रहने सम्भावना छ। असम र मेघालयमा नोभेम्बर २६ र २७ तथा नागाल्यान्ड, मणिपुर, मिजोरम र त्रिपुरामा नोभेम्बर २८ सम्म बाक्लो हुस्सुको चेतावनी जारी गरिएको छ। ओडिशाका केही स्थानमा पनि नोभेम्बर २६ मा बाक्लो हुस्सु लाग्न सक्ने विभागले जनाएको छ। पूर्वी राजस्थानका केही क्षेत्रमा नोभेम्बर २६ देखि २८ सम्म शीतलहर चल्ने सम्भावना छ। यसले उक्त क्षेत्रमा चिसो बढाउने अनुमान गरिएको छ। यद्यपि पश्चिमी तथा मध्य भारतका अन्य क्षेत्रमा यस साता उल्लेखनीय मौसमी गतिविधि हुने सम्भावना नरहेको मौसम विभागले जनाएको छ। दक्षिण भारतका केही राज्यमा भने भारी वर्षाको सम्भावना छ। पूर्वी हावाको प्रभावका कारण केरल, माहे, तमिलनाडु, पुडुचेरी र कराइकलका केही स्थानमा नोभेम्बर २६ र २७ मा भारी वर्षा हुन सक्छ। लक्षद्वीपमा पनि नोभेम्बर २६ मा भारी वर्षाको चेतावनी दिइएको छ। केरल, माहे र लक्षद्वीपका अधिकांश क्षेत्रमा नोभेम्बर २८ सम्म वर्षा हुने सम्भावना छ। तटीय आन्ध्र प्रदेश, यानम, रायलसीमा, केरल, माहे, लक्षद्वीप, तमिलनाडु, पुडुचेरी र कराइकलमा नोभेम्बर २६ देखि २८ सम्म मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। यस अवधिमा प्रतिघण्टा ३० देखि ४० किलोमिटरको गतिमा हावा चल्ने र हावाको झोक्काको गति प्रतिघण्टा ५० किलोमिटरसम्म पुग्न सक्नेछ। तटीय तथा आन्तरिक कर्नाटकका केही स्थानमा पनि नोभेम्बर २६ मा मेघगर्जन र चट्याङको सम्भावना छ। मौसम विभागले तटीय आन्ध्र प्रदेश, यानम, रायलसीमा, तमिलनाडु, पुडुचेरी र कराइकलका केही स्थानमा नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म वर्षा हुन सक्ने जनाएको छ। केरल र माहेमा नोभेम्बर २९ देखि डिसेम्बर २ सम्म छिटपुट वर्षाको सम्भावना छ। तटीय तथा दक्षिण आन्तरिक कर्नाटकमा नोभेम्बर २८ सम्म वर्षा हुन सक्ने पूर्वानुमान छ। अण्डमान तथा निकोबार द्वीप समूहमा पनि नोभेम्बर २९ देखि डिसेम्बर २ सम्म व्यापक वर्षा हुन सक्ने चेतावनी दिइएको छ। यस अवधिमा तीव्र हावासहित चट्याङ पर्ने सम्भावना छ भने नोभेम्बर ३० र डिसेम्बर १ मा केही क्षेत्रमा भारी वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मन्त्रिपरिषद्‌मा सोविता गौतमको मर्यादाक्रम सुधार हुँदा घट्यो ४ मन्त्रीको वरीयता
Latest NewsJust now

मन्त्रिपरिषद्‌मा सोविता गौतमको मर्यादाक्रम सुधार हुँदा घट्यो ४ मन्त्रीको वरीयता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम फेरबदल गरेका छन् । मर्यादाक्रम फेरबदल गरेर ७औँ नम्बरमा रहेकी कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई तेस्रो नम्बरमा बढुवा भएकी हुन्... ...

रातोपाटी
पञ्चायतमा पनि न्युजरूममा सरकार पस्दैनथ्यो : अध्यक्ष ओली
Latest NewsJust now

पञ्चायतमा पनि न्युजरूममा सरकार पस्दैनथ्यो : अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले मिडियालाई स्रोत खोल्न बाध्य पार्न नहुने भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । ...

कान्तिपुर
कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेश प्रमुखलाई
Latest NewsJust now

कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेश प्रमुखलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेश प्रमुखलाई तोकेका छन् । कोशी प्रदेश प्रमुखको पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्ति नभएसम्मका लागि कोशी प्रदेश प्रमुखको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement