Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

भाटभटेनीको ढुवानीमा १४ फोटोन विद्युतीय सवारी, सञ्चालन खर्च घटाउने लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाटभटेनीको ढुवानीमा १४ फोटोन विद्युतीय सवारी, सञ्चालन खर्च घटाउने लक्ष्य
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। भाटभटेनीले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा प्रयोग गर्न ती सवारीसाधन लिएको हो। एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले व्यावसायिक ढुवानीमा विद्युतीय सवारीको प्रयोग विस्तार गर्ने उद्देश्यसहित सहकार्य गरिएको जनाएको छ। कम्पनीका अनुसार विद्युतीय सवारीले इन्धनमा आधारित ढुवानीको विकल्प दिनुका साथै सञ्चालन खर्च न्यूनीकरणमा सहयोग पुर्‍याउनेछन्। हस्तान्तरण कार्यक्रममा एमएडब्लु वृद्धि कमर्सियल भेइकल्सका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले भाटभटेनीसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न योगदान दिने बताए। उनले एकैपटक १४ वटा सवारी हस्तान्तरण हुनुलाई दिगो यातायातप्रतिको व्यावसायिक क्षेत्रको बढ्दो विश्वासका रूपमा व्याख्या गरे। नेपाली व्यवसायको आवश्यकताअनुसार विश्वसनीय र आधुनिक विद्युतीय सवारी उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको उनको भनाइ छ। भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकता दिँदै आएको बताए। फोटोनसँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकासमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे। उनका अनुसार ढुवानी तथा वितरणमा विद्युतीय सवारी समावेश गर्ने पहलले अन्य व्यवसायलाई पनि यस्ता सवारी प्रयोग गर्न प्रोत्साहित गर्न सक्छ। कम्पनीले वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र कार्यक्षमताका आधारमा आफ्ना विद्युतीय सवारी व्यावसायिक ढुवानीका लागि उपयोगी हुने दाबी गरेको छ। भाटभटेनीसँगको सहकार्यबाट विद्युतीय व्यावसायिक सवारी बजारमा आफ्नो उपस्थिति विस्तार हुने अपेक्षा फोटोन मोटर्स नेपालले गरेको छ। The post भाटभटेनीको ढुवानीमा १४ फोटोन विद्युतीय सवारी, सञ्चालन खर्च घटाउने लक्ष्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जर्मनीमा ७० भन्दा बढी बालबालिकाको यौन दुर्व्यवहारको आरोपमा चिकित्सकविरूद्ध मुद्दा दायर
Latest NewsJust now

जर्मनीमा ७० भन्दा बढी बालबालिकाको यौन दुर्व्यवहारको आरोपमा चिकित्सकविरूद्ध मुद्दा दायर

काठमाडाैँ । पूर्वी जर्मनीका एक बाल रोग विशेषज्ञमाथि एक दशकभन्दा बढी समयदेखि ७० भन्दा बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोमबार मुद्दा चलाइएको जर्मनीले सोमबार जनाएको छ। सन् २०१३ देखि सन्... ...

रातोपाटी
धनगढी उपमहानगरले १६३ ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनका लागि पठायो
Latest NewsJust now

धनगढी उपमहानगरले १६३ ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनका लागि पठायो

• कैलालीको धनगढी उपमहानगरपालिकाले १६३ ज्येष्ठ नागरिकलाई ‘मुक्तिनाथ दर्शन’ कार्यक्रमअन्तर्गत तीर्थयात्राका लागि पठाएको छ। • यो कार्यक्रम धार्मिक पर्यटन प्रवर्द्धन र ज्येष्ठ नागरिकलाई तीर्थयात्राको अवसर प्रदान गर्ने उद्देश्यले सुरु गरिएको हो। • आर्थिक वर्ष २०७९/८० देखि निरन्तर रूपमा ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनका लागि पठाइँदै आएको छ, हालसम्म ७१५ जना लाभान्वित भएका छन्। ...

नेपालबहस
परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको भेटवार्ता
Latest NewsJust now

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको भेटवार्ता

• परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायती राजदूत रब फेनबीच नेपाल-बेलायत द्विपक्षीय सम्बन्धमा शिष्टाचार भेटवार्ता भएको छ। • भेटमा जलवायु परिवर्तन, जलवायु वित्त, आर्थिक विकास र गोर्खा सैनिकको पेन्सनसम्बन्धी विषयमा छलफल गरिएको छ। • दुवै पक्षले आपसी हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि कुराकानी गरेका छन्। ...

नेपालबहस
तिहारमा पोखरामा २ करोडभन्दा बढीको फूल कारोबार हुने
Latest NewsJust now

तिहारमा पोखरामा २ करोडभन्दा बढीको फूल कारोबार हुने

पोखरा । यस वर्षको तिहारमा पोखरामा मात्रै २ करोड भन्दा बढीको फूलको कारोबार हुने आकलन गरिएको छ । फूल र बत्तिको पर्व तिहारलाई लक्षित गरी फूल र मालाको तयारी किसानहरूले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play