Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

भाइ मसलाको बजार : परम्परा, मिठास र दिदीबहिनीको अगाध स्नेह

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाइ मसलाको बजार : परम्परा, मिठास र दिदीबहिनीको अगाध स्नेह
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक नजिकिएसँगै काठमाडौं उपत्यकासहित देशभरका प्रमुख बजारमा भाइ मसला, सप्तरङ्गी टीका तथा सगुनका सामग्री खरिद गर्नेको चहलपहल बढेको छ। ऐतिहासिक व्यापारिक केन्द्र असन, इन्द्रचोक र नयाँसडकका गल्लीदेखि स्थानीय किराना पसल तथा सुपरमार्केटसम्म तिहारका लागि किनमेल गर्ने दिदीबहिनीको बाक्लो उपस्थिति देखिन्छ। परम्परागत नाङ्लो र माना–पाथीदेखि आकर्षक उपहारका प्याकेटसम्म सजाइएका भाइ मसलाले दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता र स्नेहलाई झल्काइरहेका छन्। काठमाडौंको असनमा रहेका मसला पसलमा किसमिस, छोकडा, काजु, बदामलगायतका सुक्खा फलफूलका लर्का झुन्ड्याइएको छ। पसलहरूमा सजाइएका भाइ मसलाका सामग्रीले बजारलाई रंगीन बनाएको छ। बिहानैदेखि बेलुकीसम्म दिदीबहिनी हातमा झोला बोकेर भाइटीकाका लागि आवश्यक सामग्री र आफूलाई मनपर्ने मसलाको छनोटमा व्यस्त देखिन्छन्। व्यापारीका अनुसार आयातित सुक्खा फलफूलको आपूर्ति सहज रहे पनि ढुवानी खर्चका कारण केही सामग्रीको मूल्यमा सामान्य वृद्धि भएको छ। मूल्यमा केही वृद्धि भए पनि भाइटीकाका लागि मसला खरिद गर्नेहरूको उत्साहमा भने कमी देखिँदैन। भाइटीकामा दाजुभाइलाई सगुनका रूपमा दिइने मसलामा विभिन्न प्रकारका सुक्खा फलफूल, अन्न तथा अन्य सामग्री समावेश गरिन्छ। परम्परागत रूपमा यस्ता सामग्रीलाई स्वास्थ्य र पोषणसँग समेत जोडेर हेर्ने गरिएको छ। तिहार केवल बत्ती बाल्ने र देउसी–भैलो खेल्ने पर्व मात्र नभई पारिवारिक तथा सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने पर्वका रूपमा पनि लिइन्छ। भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई मखमली माला, सप्तरङ्गी टीका तथा भाइ मसला दिएर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्छन्। भाइ मसलाको किनमेल र सगुनको आदानप्रदानले तिहारको सांस्कृतिक परम्परालाई निरन्तरता दिनुका साथै स्थानीय बजार र व्यापारलाई समेत चलायमान बनाउने गरेको छ। तिहारको यही सांस्कृतिक र पारिवारिक सन्दर्भमा असन, इन्द्रचोक, नयाँसडकलगायतका बजारमा देखिएको भाइ मसलाको चहलपहलले दिदीबहिनी र दाजुभाइबीचको आत्मीय सम्बन्ध तथा नेपाली समाजको मौलिक सांस्कृतिक परम्परालाई जीवन्त बनाएको छ। सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा भाइटीकाको मंगलमय शुभकामना। – न्युज एजेन्सी नेपाल तस्बिरहरू : अनुप प्रधान, न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग
Latest NewsJust now

इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग

काठमाडौं । इरानको समर्थनमा काम गरेको आरोप लागेका तीन जनाविरुद्ध अमेरिका र युरोपमा शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणको योजना बनाएको अभियोग लगाइएको छ । अमेरिकी न्याय मन्त्रालयका अनुसार उनीहरूले बेलायतस्थित अमेरिकी हवाई सैन्य अड्डा आरएएफ फेयरफोर्डमा पनि आक्रमणको योजना बनाएका थिए । इरानी र इराकी नागरिकता भएका मोहम्मद बाकेर साद दाउद अल सादी, मोहसिन मोहाजेरी र मोहम्मद अली अल हसानीविरुद्ध आठ वटा अभियोग ...

कर्पोरट खबर
तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र
Latest NewsJust now

तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

भोजपुर।भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ। विगतमा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडक कालोपत्रसँगै गाउँपालिकाको केन्द्र च्याङ्गे जोडिने सडकको यात्रा सहज बनेको हो। मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङलाई शून्य विन्दु मानेर च्याङ्गेसम्म सडक कालोपत्र गरिएको छ। गाउँपालिकाको कृषि, पर्यटन तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यले सडकलाई ...

नेपालन्युज
टर्कीमा के गर्दैछन् नेपाली प्रतिनिधिमण्डल, कति उपलब्धिमूलक बन्ला कोप–३१ ?
Latest NewsJust now

टर्कीमा के गर्दैछन् नेपाली प्रतिनिधिमण्डल, कति उपलब्धिमूलक बन्ला कोप–३१ ?

काठमाडौँ। अहिले जलवायुसम्बन्धी राष्ट्रसंघीय बैठक (कोप) चलिरहेको छ। टर्कीमा भइरहेको यो बैठक कोपको ३१ औं संस्करण हो। सन् १९९५ देखि सुरु भएको कोप बैठक जलवायु परिवर्तनसम्बन्धी छलफल गर्ने साझा मञ्च... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play