Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

भाइटीका आज, उत्तम साइत बिहान ११:०७ बजे

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाइटीका आज, उत्तम साइत बिहान ११:०७ बजे
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदै छन्। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व हो। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ। यस पर्वलाई यमद्वितीया पनि भनिन्छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने परम्परा छ। दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ। भाइटीका आज दिनभर लगाउन सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११:०७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा डा पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिए। उनका अनुसार आज दिनभर टीका लगाउन कुनै बाधा छैन। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ। यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्नेछन्। आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन्। त्यसअघि चन्द्रमा तुला राशिमा रहनेछन्। तुला राशिमा चन्द्रमा रहेका बेला पनि यही दिशाअनुसार टीका लगाउन सकिने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको उनको भनाइ छ। भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गर्छन्। त्यसपछि मूल थालीमा लेखिएको अष्टदलमा अष्टचिरञ्जीवी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामका साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराज तथा गणपत्यादि वनस्पत्यन्त देवताको पूजा आराधना गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला पहिर्‍याउने चलन छ। तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन व्यापक भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् गौतमले बताए। टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत परिकार दिने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिएर सम्मान प्रकट गर्ने धार्मिक तथा सामाजिक परम्परा छ। दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन्। बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गर्न आवश्यक तयारी पूरा भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले राससलाई जानकारी दिए। यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं गुठी संस्थानका अध्यक्ष डा गोविन्द टण्डनले जानकारी दिए। उनका अनुसार विसं २०३५ अघिसम्म रानीपोखरीमा हामफालेर बालगोपालेश्वर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि मन्दिर बन्द गरिन्थ्यो। त्यसबेला दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भेला हुने गर्थे। अहिले पनि भाइटीकाका दिन त्यहाँ भक्तजनको भिड लाग्ने गरेको छ। विसं २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो। १२ वैशाख २०२७२ को गोरखा भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि विसं २०७७ सम्म दिदीबहिनी तथा दाजुभाइ नहुने भक्तजन खञ्जनेश्वर महादेव मन्दिरमा पुग्ने गरेका थिए। भूकम्पपछि पुनर्निर्माण गरिएको बालगोपालेश्वर मन्दिर विसं २०७७ देखि पुनः भक्तजनका लागि खुला गरिएको हो। भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन्। नेवार समुदायमा कुल परम्पराअनुसार कसैले आज र कसैले अघिल्लो दिन किजापूजा गर्ने गर्छन्। भक्तपुरका अधिकांश नेवार समुदायले हिजो किजापूजा गरेका छन्। त्यहाँको तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार भक्तपुरका नेवार समुदायले हिजो नै किजापूजा गरेको जनाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भाइटीकाको अवसरमा प्रधानमन्त्री बालेनको शुभकामना
Latest NewsJust now

भाइटीकाको अवसरमा प्रधानमन्त्री बालेनको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । यमपञ्चकको अन्तिम दिन बुधबार भाइटीकाको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै... ...

रातोपाटी
बेनी खानेपानीको पाइप लाइन मर्मत
Latest NewsJust now

बेनी खानेपानीको पाइप लाइन मर्मत

म्याग्दी। बाढीपहिरोले खानेपानीको मुख्य पाइपलाइन क्षतिग्रस्त बनाएपछि डेढ महिनादेखि प्रभावित बनेको म्याग्दीको बेनी बजारमा खानेपानी आपूर्ति पुनः सुरु भएको छ। बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट अस्थायी पाइपलाइन निर्माण गरी बेनी बजारमा पानी आपूर्ति थालेको हो। करिब १४ किलोमिटर लामो मुख्य पाइपलाइन मर्मतपछि मङ्गलबार साँझदेखि पानी सञ्चालनको परीक्षण सफल भएको संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी ...

नेपालन्युज
बेलायती राजपरिवारकी सदस्य मेगनका पिता फेरि अमेरिकी प्रहरी हिरासतमा
Latest NewsJust now

बेलायती राजपरिवारकी सदस्य मेगनका पिता फेरि अमेरिकी प्रहरी हिरासतमा

काठमाडौँ । बेलायती राजपरिवारकी सदस्य मेगन, डचेस अफ ससेक्सका पिता थोमस मार्कल खुट्टामा लगाइएको विद्युतीय निगरानी उपकरण हटाएको आरोपमा पुनः अमेरिकी संघीय हिरासतमा पुगेका छन् । अदालती कागजातअनुसार ८२ वर्षीय मार्कल... ...

रातोपाटी
डेढ महिनादेखि प्रभावित बनेको बेनी बजारमा खानेपानी आपूर्ति पुनः सुरु
Latest NewsJust now

डेढ महिनादेखि प्रभावित बनेको बेनी बजारमा खानेपानी आपूर्ति पुनः सुरु

म्याग्दी । बाढीपहिरोले खानेपानीको मुख्य पाइपलाइन क्षतिग्रस्त बनाएपछि डेढ महिनादेखि प्रभावित बनेको म्याग्दीको बेनी बजारमा खानेपानी आपूर्ति पुनः सुरु भएको छ । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट अस्थायी पाइपलाइन निर्माण गरी बेनी बजारमा पानी आपूर्ति थालेको हो । करिब १४ किलोमिटर लामो मुख्य पाइपलाइन मर्मतपछि मङ्गलबार साँझदेखि पानी सञ्चालनको परीक्षण सफल भएको संस्थाका अध्यक्ष ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play