Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने बताएका छन् । प्रधानमन्त्री शाहले आज यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामनासमेत व्यक्त गरेका छन् । “पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उहाँको निवासमा पुग्नुभएको थियो र यमुनाले दाजुलाई विधिपूर्वक टीका र पूजा गरी आदरसत्कार गर्नुभएको थियो”, उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन बहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिनुभएको विश्वास छ ।” सोही विश्वासमा आज दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै श्रद्धापूर्वक पूजा गर्ने र दाजुभाइलाई दुबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने र विभिन्न मिष्ठान्न परिकार खुवाउने चलन रहेको प्रधानमन्त्री शाहको शुभकामना सन्देशमा उल्लेख छ । यसैगरी, दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्ने उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गुलरियाको खैरीमा खेतबाटै बिक्यो १० क्विन्टल सयपत्री
Latest NewsJust now

गुलरियाको खैरीमा खेतबाटै बिक्यो १० क्विन्टल सयपत्री

पहिले तोरी, मकै र मुगफली खेती गर्ने थारु परिवारले फूलबाट राम्रो आम्दानी पाएपछि चार वर्षदेखि व्यावसायिक सयपत्री खेतीलाई निरन्तरता दिएको छ। ...

कान्तिपुर
कालीमाटीमा लोकल गोलभेँडाको भाउ किलोको २५, काउलीको ३२
Latest NewsJust now

कालीमाटीमा लोकल गोलभेँडाको भाउ किलोको २५, काउलीको ३२

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज धेरैजसो तरकारी तथा फलफूल हिजोअस्तीकै मूल्यमा किनबेच छ।  कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलोको २५ रुपैयाँ छ।  त्यसैगरी रातो आलु लाम्चो... ...

नेपालखबर
फाल्गुनन्दका विचार आज पनि सान्दर्भिक : उपराष्ट्रपति यादव
Latest NewsJust now

फाल्गुनन्दका विचार आज पनि सान्दर्भिक : उपराष्ट्रपति यादव

काठमाडौं।उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महागुरु फाल्गुनन्दद्वारा प्रतिपादित सत्य, अहिंसा, समानता, शिक्षा, श्रम, मितव्ययिता र सदाचारका सिद्धान्तले नेपाली समाजलाई एकताको सूत्रमा गाँसेको बताएका छन्। उपराष्ट्रपति यादवले आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै किराँत धर्म, दर्शन, संस्कृति तथा सामाजिक सुधारको एक महत्वपूर्ण ऐतिहासिक दस्तावेजका रूपमा परिचित रहेको बताएका छन्। “दाइजो प्रथा, फजुल खर्च, अन्धविश्वास, विभेद तथा सामाजिक विकृतिका विरुद्ध ...

नेपालन्युज
श्रीमान्‌को कुटपिटबाट मृत्यु
Latest NewsJust now

श्रीमान्‌को कुटपिटबाट मृत्यु

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार बुधबार भरतपुर महानगरपालिका-४ त्रिच‍ोकमा श्रीमान्‌को कुटपिटबाट सपना मगरको निधन भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play