आज तिहारको मुख्य दिन भाइटीकामा देशका अधिकांश स्थानको मौसम अनुकूल रहने देखिएको छ। मौसम पूर्वानुमानअनुसार दिउँसो तराईका अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। ती प्रदेशका केही हिमाली स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना छ...
भाइटीकाको दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
Read Complete Original Article
Published originally on फरकधार


_Oju6PSYFK0.webp)



