काठमाडौं । भाइटीकाकै दिन बुधबार काठमाडौं उपत्यकामा असिनासहित भारी वर्षा भएको छ। वर्षाका कारण भाइटीका लगाउने तथा आफन्तकहाँ टीका थाप्न जाने तयारीमा रहनुभएका सर्वसाधारण प्रभावित हुनुभएको छ। वर्षासँगै परेको असिनाले उपत्यकाको मौसम थप चिसिएको छ। अचानक भएको वर्षाले भाइटीकाको चहलपहलमा समेत केही असर पारेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विभागले बुधबार दिउँसो बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरेको थियो।
भाइटीकाकै दिन काठमाडौंमा असिनासहित भारी वर्षा, चिसियो मौसम

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






