काठमाडौं। आज भाइटीकाको दिन कोशी, बागमती र गण्डकी प्रदेशका केही भू-भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यी प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा सामान्यतया बादल लाग्नेछ। देशका अन्य हिमाली क्षेत्र, पहाडी भू-भाग र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको पूर्वानुमान गरिएको छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। रातिको समयमा देशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। राति तथा बिहानपख तराईका भू-भाग, उपत्यका र खोँचहरूका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।
भाइटीकाका दिन तीन प्रदेशमा वर्षाको सम्भावना

Read Complete Original Article
Published originally on नेपालन्युज


_Oju6PSYFK0.webp)



