काठमाडौं । सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन हिजो काठमाण्डौ उपत्यकामा निःशुल्क रूपमा सञ्चालन गरेको बस सेवाबाट २ हजार ४८६ जनाले यात्रा गरेका छन् । भाइटीकाका दिन सार्वजनिक यातायात न्यून चल्ने भएकाले यात्रुको आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ सशस्त्र प्रहरीले रिङरोड (चक्रपथ) र भक्तपुर गरी दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । सशस्त्रको बस सेवा हिजो बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चलेको थियो । काठमाण्डौको चक्रपथमा सञ्चालित बसले एक हजार ७६६ र भक्तपुरसम्म चलेको बसले ७२० जनालाई सेवा दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । The post भाइटिकामा दुई हजार ५०० यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
भाइटिकामा दुई हजार ५०० यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

Read Complete Original Article
Published originally on कर्पोरट खबर



![भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/1000096519-12112026103341-watermarked.jpg)

