Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/भर्चुअल डाटाबाट ह्युमनोइड रोबोटलाई तालिम दिँदै चिनियाँ स्टार्टअप डेक्सफोर्स

भर्चुअल डाटाबाट ह्युमनोइड रोबोटलाई तालिम दिँदै चिनियाँ स्टार्टअप डेक्सफोर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram
भर्चुअल डाटाबाट ह्युमनोइड रोबोटलाई तालिम दिँदै चिनियाँ स्टार्टअप डेक्सफोर्स

चिनियाँ स्टार्टअप डेक्सफोर्सले भर्चुअल वातावरणमा तयार पारिएको कृत्रिम डाटाको प्रयोग गरी ह्युमनोइड रोबोटलाई तालिम दिइरहेको छ। कम्पनीले यस विधिबाट रोबोटको तालिम खर्च घटाउने र वास्तविक काम गर्न सक्ने क्षमता छिटो विकास गर्ने लक्ष्य राखेको छ। चीनको प्रविधि केन्द्र सेन्जेनमा रहेको डेक्सफोर्सले भर्चुअल वातावरणमा रोबोटलाई विभिन्न कामको अभ्यास गराउँछ। यस क्रममा टेबलको कोण, रङ र वस्तुहरू परिवर्तन गरेर रोबोटलाई एउटै काम फरक परिस्थितिमा गर्न सिकाइन्छ। चीनले दौडने र उफ्रने क्षमतामा मानिसलाई समेत उछिन्न सक्ने ह्युमनोइड रोबोट विकास गरिसकेको छ। तर उद्योग, कार्यालय र घरमा मानिसको सहयोगबिना भरपर्दो ढङ्गले काम गर्न सक्ने बनाउनु रोबोट निर्माता कम्पनीहरूका लागि अझै चुनौतीपूर्ण छ। धेरै चिनियाँ रोबोट निर्माता कम्पनीले वास्तविक काम गरिरहेका मानिसको गतिविधिबाट ठूलो मात्रामा डाटा सङ्कलन गरेर रोबोटलाई तालिम दिइरहेका छन्। डेक्सफोर्सले भने भर्चुअल वातावरणमा सिर्जना गरिने कृत्रिम डाटाको प्रयोगबाट खर्च घटाउने र तालिमलाई प्रभावकारी बनाउने रणनीति लिएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत जिया कुईले रोयटर्ससँग कुरा गर्दै यो विधिले रोबोटको क्षमता विकासमा ठूलो फड्को मार्न सहयोग गर्न सक्ने बताए। सन् २०२२ मा सार्वजनिक भएको च्याटजीपीटीले जेनेरेटिभ एआईको प्रयोग विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेझैँ रोबोटको क्षमतामा पनि उल्लेखनीय परिवर्तन आउन सक्ने उनको भनाइ छ। “वास्तविक संसारबाट मात्र डाटा सङ्कलन गरेर भौतिक कृत्रिम सामान्य बुद्धिमत्ता (फिजिकल एजीआई) हासिल गर्न १० ट्रिलियन नमुना आवश्यक पर्न सक्छ,” जियाले भने। उनका अनुसार मानिसले गर्न सक्ने असङ्ख्य कामका लागि म्यानुअल रूपमा डाटा सङ्कलन गर्नु आधारभूत रूपमै प्रभावकारी विधि होइन। फिजिकल एजीआई भन्नाले अपरिचित वातावरणमा नयाँ काम गर्न निर्देशन दिँदा पनि ह्युमनोइड रोबोटले त्यो काम पूरा गर्न सक्ने क्षमतालाई जनाउँछ। यस्तो क्षमता हासिल गर्न रोबोटले वरपरको वातावरण बुझ्ने, बाटो पहिचान गर्ने र फरक परिस्थितिअनुसार आफ्नो व्यवहार परिवर्तन गर्न सक्ने एआई प्रणाली आवश्यक हुन्छ। डेक्सफोर्सले भौतिक वातावरणको नक्कल तयार गर्ने र वस्तुहरू कसरी चल्छन् वा एकअर्कासँग अन्तरक्रिया गर्छन् भन्ने अनुमान गर्न सक्ने मोडलसहितको एआई सफ्टवेयर विकास गर्छ। यसले कार्यस्थल वा कामको डिजिटल प्रतिरूप बनाउँछ, त्यही वातावरणमा रोबोटलाई तालिम दिन्छ र सिकेको सीप वास्तविक रोबोटमा प्रयोग गर्छ। कम्पनीका अनुसार यो विधि मानिसलाई बारम्बार एउटै गतिविधि गर्न लगाएर डाटा सङ्कलन गर्नुभन्दा छिटो र सस्तो हुन्छ। सही नमुना तयार गर्न मानिसले एउटै गतिविधि १०० पटकभन्दा बढी दोहोर्‍याउनुपर्ने अवस्था पनि हुन सक्छ। चीनभर अहिले रोबोटलाई तालिम दिन दर्जनौँ केन्द्र निर्माण भइरहेका छन्। यस्ता केन्द्र निर्माणमा ठूलो खर्च लाग्ने र सरकारी अनुदानमा समेत निर्भर रहनुपर्ने अवस्था छ। अधिकांश चिनियाँ रोबोट निर्माता कम्पनीले भने भर्चुअल र वास्तविक संसार दुवैबाट प्राप्त डाटा प्रयोग गर्छन्। उच्च गुणस्तरको तालिम डाटा उपलब्ध गराउनु अझै प्रमुख चुनौती रहेको उनीहरूको भनाइ छ। The post भर्चुअल डाटाबाट ह्युमनोइड रोबोटलाई तालिम दिँदै चिनियाँ स्टार्टअप डेक्सफोर्स appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

सोनीले सार्वजनिक गर्‍यो नयाँ वायरलेस माइक्रोफोन किट ईसीएम-डब्लू५, डीजेआईसँग प्रतिस्पर्धा गर्ने
प्रविधिJust now

सोनीले सार्वजनिक गर्‍यो नयाँ वायरलेस माइक्रोफोन किट ईसीएम-डब्लू५, डीजेआईसँग प्रतिस्पर्धा गर्ने

यो किटमा दुईवटा ट्रान्समिटर र एउटा रिसिभर छन्। यसले ३२-बिट फ्लोट रेकर्डिङलाई पनि समर्थन गर्छ। सोनीले ४०० अमेरिकी डलर मूल्यको वायरलेस माइक्रोफोन किट ईसीएम-डब्लू५सार्वजनिक गरेको छ। तुलनात्मक रूपमा महँगो भए पनि प्रयोग गर्न सजिलो बनाइएको यो किट डीजेआईका सस्ता वायरलेस माइक्रोफोनसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले ल्याइएको हो। इन्ग्याजेटका अनुसार यसमा वायरलेस ट्रान्समिटर र रिसिभर समावेश छन्। यसले सोनी क्यामेरा वा यूएसबी-सीमार्फत अन्य उपकरणमा ...

टेक्नोलोजी खबर
बोलपत्रमा एआईदेखि बैंक ग्यारेन्टी जाँचसम्म, नयाँ प्रणालीमा यस्ता छन् सुविधा
प्रविधिJust now

बोलपत्रमा एआईदेखि बैंक ग्यारेन्टी जाँचसम्म, नयाँ प्रणालीमा यस्ता छन् सुविधा

काठमाडौं । सार्वजनिक खरिद प्रक्रियालाई थप सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले पूर्वाधार विकास मन्त्रालयको पहलमा नयाँ बोलपत्र प्रणाली निर्माण गरिएको छ । पुरानो ई-जीपी प्रणालीमा देखिएका सर्भरको समस्या, बोलपत्रको गोपनीयता र प्राविधिक अवरोधजस्ता चुनौती समाधान गर्ने लक्ष्यसहित नयाँ प्रणाली विकास गरिएको मन्त्रालयले जनाएको छ ।पुरानो प्रणालीमा बोलपत्र बुझाउने अन्तिम समयमा सर्भरमा समस्या आउने, बोलपत्र खोल्नुअघि नै कबोल रकम सार्वजनिक ...

आइसिटी समाचार
मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार
प्रविधिJust now

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन् । यसले भविष्यमा मंगल ग्रहमा अन्वेषण, मानव बस्ती स्थापना तथा खाद्य उत्पादनका लागि सम्भावित स्थान पहिचान गर्न वैज्ञानिकहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयद्वारा जारी विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताहरूले मंगल ग्रहका करिब ८० करोड स्थानलाई वर्गीकरण गर्दै माटोका दुई हजार प्रकार पहिचान गरेका छन् । कक्षीय अवलोकन ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play