Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता
Photo / Coverage: पर्दाफास

जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन् । महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन् । भक्तपुरकी स्थानीयवासी सविना बोहजुले तीन महिनादेखि घरमा ग्यास पाउन नसकेको बताइन्। यसअघि आधा मात्रै भरिएको सिलिन्डर पाएकी उनले त्यसयता अर्को सिलिन्डर पाउन नसकेको गुनासो गरिन् । बजारमा ग्यास सहजै पाइन्छ भन्ने सुने पनि आफूले अहिलेसम्म नपाएको उनको भनाइ छ । ‘अहिले पनि ग्यास खोज्दै भौँतारिरहेकी छु । ग्यास डिलरदेखि खुद्रा बिक्रेतासम्म धाउँदा पनि पाइँदैन । फोन गर्दा ग्यास नै आएको छैन भन्नुहुन्छ, उनले भनिन्, बजारमा ग्यास सहज भयो भन्छन्, तर हामीजस्ता उपभोक्ताले कहाँबाट पाउने ?’ आफूसँग भएको सिलिन्डरको ग्यास सकिन लागेपछि अर्को सिलिन्डरको व्यवस्था गर्न खोज्दा पनि समस्या भएको उनले सुनाइन् । केही थप शुल्क तिरेर भए पनि अर्को कम्पनीको सिलिन्डरसँग साटेर ग्यास लिन सकिन्छ कि भनेर बिक्रेतालाई अनुरोध गर्दा सहयोग नपाएको उनको गुनासो छ । सविनाको जस्तै समस्या अर्का उपभोक्ता सुनील दुवालले पनि भोग्नुपरेको छ । ग्यासका लागि पसलमा नाम टिपाएको लामो समय भइसक्दा पनि सिलिन्डर पाउन नसकेको उनले बताए । ‘ग्यास पसलका साहुजीलाई जहिले सोधे पनि ग्यास आएपछि खबर गर्छु भन्नुहुन्छ । महिनौँ बितिसक्यो, तर अहिलेसम्म पाएको छैन”, उनले भने, हामीले पैसा तिरेर किन्ने हो, सित्तैमा दिनुस् भनेका होइनौँ । पैसा तिर्दा पनि एउटा सिलिन्डर नपाउनु कस्तो अवस्था हो ?’ सरकारी निकाय र सामाजिक सञ्जालमा ग्यासको आपूर्ति सहज भएको सूचना सार्वजनिक भइरहे पनि उपभोक्ताले भने ग्यास पाउन नसकेको उनको भनाइ छ । बजारमा ग्यास आइरहेको भनिए पनि कहाँ वितरण भइरहेको छ र वास्तविक उपभोक्तासम्म किन पुग्न सकेको छैन भन्ने उनको प्रश्न छ । दैनिक खाना पकाउन ग्यासमा निर्भर परिवारका लागि यसको अभावले घरायसी कामकाज प्रभावित भएको छ । ग्यास नपाउँदा समयमै खाना पकाउन नसकिने र वैकल्पिक इन्धनको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको उपभोक्ताको भनाइ छ । विशेषगरी लामो समयदेखि एउटै सिलिन्डर प्रयोग गर्दै आएका परिवारलाई ग्यास सकिएपछि तत्काल अर्को व्यवस्था गर्न कठिन भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जिल्लामा ग्यासको आपूर्ति सहज भइसकेको दाबी गरे । कुनै एउटा कम्पनीको ग्यास नपाएको अवस्थामा उपभोक्ताले अर्को कम्पनीको डिलरबाट सिलिन्डर साटेर पनि ग्यास लिन सक्ने उनले बताए। दसैँअघि जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत कुन कम्पनीको ग्यास कहाँ र कहिले वितरण हुँदैछ भन्ने सूचना सार्वजनिक गर्दै आएको उनले जानकारी दिए। दसैँपछि ग्यासको आपूर्ति सहज भएको ठानेर त्यस्ता सूचना सार्वजनिक गर्न छाडिएको उनको भनाइ छ । प्रशासनले आपूर्ति सहज भएको दाबी गरे पनि उपभोक्ताले ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन् । प्रशासनको दाबी र बजारको वास्तविक अवस्थाबीच तालमेल नहुँदा उपभोक्तामा अन्योल देखिएको छ । आपूर्ति सहज भएको हो भने ग्यासको प्रतीक्षामा रहेका उपभोक्ताले किन पाउन सकेका छैनन् भन्ने प्रश्न उठेको छ । ग्यासको उपलब्धता र वितरणबारे स्पष्ट सूचना उपभोक्तासम्म नपुग्दा समस्या थप जटिल बनेको देखिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
साइबर ब्यूरोले मलाई खोज्दैछ, सत्तासँग डराइन्न :  सहमहामन्त्री शिवाकोटी
OthersJust now

साइबर ब्यूरोले मलाई खोज्दैछ, सत्तासँग डराइन्न :  सहमहामन्त्री शिवाकोटी

१९ कात्तिक, काठमाडौं । कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई प्रहरीको साइबर ब्युरोले उपस्थित हुन निर्देशन दिएको छ । शिवाकोटीले साथी मार्फत् आफूलाई प्रहरीले सन्देश पठाएको जानकारी दिए । उनले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर बोलाइएको हो । 'म केही दिन धार्मिक यात्रामा भातरतर्फ गएको थिएँ । अहिले इलाम आइपुगेको छु । मेरो फोन नलगेका कारण निकट साथीलाई… ...

अनलाइन खबर
कांग्रेस पदाधिकारीको अनौपचारिक बैठक बस्दै
OthersJust now

कांग्रेस पदाधिकारीको अनौपचारिक बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरूको अनौपचारिक बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे पदाधिकारीहरूको अनौपचारिक बैठक बस्न लागेको हो । बैठकमा पदाधिकारीको कार्य विभाजन र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ । ...

पर्दाफास
खोटाङमा रेबिजले एक महिलाको मृ*त्यु
OthersJust now

खोटाङमा रेबिजले एक महिलाको मृ*त्यु

खोटाङ, १८ कात्तिक । खोटाङमा रेबिजको कारण एक महिलाको मृत्यु भएको छ । रेबिजको संक्रमणका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे इजाराका ५९ वर्षीय कृष्णमायाँ थापाको ज्यान गएको हो । तीन महिनाअघि बिरालोले खुट्टामा टोकेका थापाको कात्तिक १८ गते मृत्यु भएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रवक्ता भुपेन्द्र बस्नेतले बताए । कात्तिक १६ गते स्वास्थ्यचौकी बतासेका एचए रमेश… ...

अनलाइन खबर
संघीयताको नौ बर्से अभ्यास समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही
OthersJust now

संघीयताको नौ बर्से अभ्यास समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही

१९ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको नौ बर्षे अभ्यासको समीक्षा गरेर संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताएका छन्। रारामा आयोजित आठौँ राष्ट्रिय मुख्य न्यायाधिवक्ता सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले संघीयता कार्यान्वयनका क्रममा प्राप्त उपलब्धि, देखिएका समस्या र सुधार गर्नुपर्ने विषयको गम्भीर समीक्षा आवश्यक रहेको बताएका हुन्। उनले संघीयताको अभ्यासबाट के प्राप्त… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play