Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

भक्तपुरमा एनपीएल फाइनलको स्क्रिनिङसँगै कोबवेब ब्यान्डको लाइभ कन्सर्ट हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
भक्तपुरमा एनपीएल फाइनलको स्क्रिनिङसँगै कोबवेब ब्यान्डको लाइभ कन्सर्ट हुने
Photo / Coverage: हिमालय टाइम्स

भक्तपुर । भक्तपुरमा नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको विशेष प्रदर्शनसँगै लोकप्रिय सांगीतिक समूह कोबवेब ब्यान्डको लाइभ कन्सर्ट आयोजना हुने भएको छ । नेवा ननीको आयोजनामा आगामी मङ्सिर ५ गते ‘एनपीएल ग्रान्ड फाइनल स्क्रिनिङ एन्ड म्युजिक नाइट’ कार्यक्रम हुन लागेको हो । कार्यक्रममा एनपीएलको फाइनल खेल ठूलो पर्दामा प्रदर्शन गरिनुका साथै कोबवेब ब्यान्डले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । खेलकुद, संगीत र नेवारी संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नेवा ननीका सञ्चालक आशाराम फाजुले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी हुन २०० र ५०० रुपैयाँका दुई प्रकारका प्रवेश टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । २०० रुपैयाँको टिकटमा निःशुल्क कफी र ५०० रुपैयाँको टिकटमा निःशुल्क बियर उपलब्ध गराइनेछ । कार्यक्रममा नेवारी मौलिक परिकार तथा विशेष आतिथ्यको व्यवस्थासमेत रहनेछ । कार्यक्रम व्यवस्थापन निर्देशकको जिम्मेवारी स्नेहा गारुले सम्हाल्नुभएको छ भने पोखरा एभेन्जर्सका निर्देशक अमित लोहनी पनि कार्यक्रममा जोडिनुभएको छ । नेवा ननीले नेवारी मौलिक खानपान, कला र संस्कृतिको प्रवर्द्धन गर्नुका साथै स्थानीयस्तरमा खेलकुद तथा सांगीतिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उर्जामन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबीच भेटवार्ता
Latest NewsJust now

उर्जामन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनबीच भेटवार्तामा भएको छ । भेटमा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन तथा प्रसारण र वितरण प्रणालीको सुधारलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले सम्भावित विपद्बाट ऊर्जा पूर्वाधार सुरक्षित राख्न जोखिममा आधारित योजना, पूर्वसूचना प्रणाली, जलवायु जोखिम मूल्यांकन र विपद् व्यवस्थापन क्षमता बढाउन ...

कर्पोरट खबर
एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड
Latest NewsJust now

एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

वेलिङ्टन । न्युजिल्यान्डको कमर्स कमिसनले व्यवसायमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दा प्रतिस्पर्धा तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था कसरी लागू हुन्छ भन्ने विषयमा नयाँ निर्देशिका जारी गरेको छ । कमर्स कमिसनकी उपाध्यक्ष एनी क्यालिननले बुधबार जारी गरेको विज्ञप्तिमा एआईले व्यवसाय सञ्चालनको शैलीमा परिवर्तन ल्याए पनि यसले व्यवसायको कानुनी दायित्वमा कुनै परिवर्तन नगर्ने बताएका छन् । उनका अनुसार निर्णय मानिसले गरे पनि, ...

केन्द्रबिन्दु
शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव
Latest NewsJust now

शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव

दिपक गौतम वीरगञ्ज (पर्सा), मङ्सिर २ गते । उपचारका क्रममा १५ दिने नवजात शिशुको मृत्यु भएपछि वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल तनावग्रस्त बनेको छ ।शिशुको मृत्यु चि... ...

गोरखापत्र
जलवायु वित्त अनुदानमा आधारित सहज पहुँच हुनुपर्छ : मन्त्री चौधरी
Latest NewsJust now

जलवायु वित्त अनुदानमा आधारित सहज पहुँच हुनुपर्छ : मन्त्री चौधरी

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्पछिको पुनः स्थापना र पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलर आवश्यक रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु वित्तमा सहज पहुँचको व्यवस्था हुनुपर्ने बताएकी छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play