Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६ जना घाइते
Photo / Coverage: पर्दाफास

बैतडीको मेलौली नगरपालिका–१ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बुधबार राति करिब ८ बजे डडेल्धुरा अस्पतालबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु।प।प्र। ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको हो । दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी बताए । दुर्घटनामा सोही ठाउकी २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनाश राम लुहार, १६ वर्षीय निरज बस्केल, २४ वर्षीय करन सिंह मंगोला, २२ वर्षीय सुनिल बस्केल र जिप चालक ३६ वर्षीय सन्तोष राम लुहार घाइते भएका छन् । घाइते सबैको प्रथामिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शरद ऋतुमा हिमाल आरोहणको आकर्षण बढ्यो, ७६ देशका १ हजार ४९३ आरोहीले लिए अनुमति
OthersJust now

शरद ऋतुमा हिमाल आरोहणको आकर्षण बढ्यो, ७६ देशका १ हजार ४९३ आरोहीले लिए अनुमति

चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहणका लागि पर्वतारोहीहरूको उल्लेख्य आकर्षण देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागबाट प्राप्त आधिकारिक तथ्यांकअनुसार यस सिजनमा विश्वका विभिन्न देशबाट आएका आरोहीहरूले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । कार्तिक १२ गतेसम्मको तथ्याङ्क हेर्दा यस सिजनमा कुल ७६ देशका १७१ वटा आरोही टोलीबाट जम्मा १,४९३ जना आरोहीले हिमाल आरोहणको आधिकारिक स्वीकृति ...

पर्दाफास
सञ्जाल र क्याफेमा उम्मेदवारको घुइँचो, एजेन्डा गयल
OthersJust now

सञ्जाल र क्याफेमा उम्मेदवारको घुइँचो, एजेन्डा गयल

उम्मेदवारको बाढी हेर्दा कोही पनि विगतमा जसरी दलको निर्णय कुर्ने पक्षमा देखिँदैनन् । बरु अहिलेदेखि नै आफ्नो डिजिटल र फिजिकल सक्रियताले नागरिक र दलका कमिटीलाई प्रभावमा पारेर टिकट हत्याउने माहोल सिर्जना गर्न तल्लीन छन् । यो क्रम नयाँमा त व्यापक छ नै, कांग्रेस, एमालेजस्ता दलमा पनि यो प्रवृत्ति झ्याँगिएको देखिन्छ । ...

अनलाइन खबर
लन्डनमा नेपालको पर्यटन प्रवर्द्धन
OthersJust now

लन्डनमा नेपालको पर्यटन प्रवर्द्धन

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री पौडेलले नेपालले विश्वलाई दिने सबैभन्दा उत्कृष्ट उपहार ध्यान र योगा भएको बताए । ...

अनलाइन खबर
आजदेखि यु-१९ एसिया कप क्रिकेट सुरु हुँदै, नेपालले भोलि भारतसँग खेल्ने
OthersJust now

आजदेखि यु-१९ एसिया कप क्रिकेट सुरु हुँदै, नेपालले भोलि भारतसँग खेल्ने

१९ कात्तिक, काठमाडौं । आजदेखि यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । ओमानको अल अमेरातमा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिता यही २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । समूह चरणमा नेपालले २० कात्तिकमा भारत, २२ कात्तिकमा युनाइटेड अरब इमिरेट्स (युएई) तथा २४ कात्तिकमा पाकिस्तानविरुद्ध खेल्ने तालिका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play