Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

शरद ऋतुमा हिमाल आरोहणको आकर्षण बढ्यो, ७६ देशका १ हजार ४९३ आरोहीले लिए अनुमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
शरद ऋतुमा हिमाल आरोहणको आकर्षण बढ्यो, ७६ देशका १ हजार ४९३ आरोहीले लिए अनुमति
Photo / Coverage: पर्दाफास

चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहणका लागि पर्वतारोहीहरूको उल्लेख्य आकर्षण देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागबाट प्राप्त आधिकारिक तथ्यांकअनुसार यस सिजनमा विश्वका विभिन्न देशबाट आएका आरोहीहरूले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । कार्तिक १२ गतेसम्मको तथ्याङ्क हेर्दा यस सिजनमा कुल ७६ देशका १७१ वटा आरोही टोलीबाट जम्मा १,४९३ जना आरोहीले हिमाल आरोहणको आधिकारिक स्वीकृति (परमिट) लिइसकेका छन् । अनुमति लिने कुल आरोहीहरूमा ३५६ जना महिला र १,१३७ जना पुरुष रहेका छन् । नेपालका हिमालहरूप्रति अन्तराष्ट्रिय पर्वतारोहीहरूको आकर्षण बढ्दोक्रममा रहेको यो तथ्यांकले देखाउँछ । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले उपलब्ध गराएका तथ्याङ्क अनुसार नेपालका हिमालहरूमध्ये सबैभन्दा बढी आरोहीहरूको चाप ८,१६३ मिटर उचाइको प्रसिद्ध मनास्लु हिमालमा देखिएको छ । मनास्लु हिमाल आरोहणका लागि मात्र ४३ वटा टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन्, जसमध्ये ३७३ जना पुरुष र १२७ महिला रहेका छन् । मनास्लुबाहेक ८,६१४ मिटर उचाइको आमादब्लम हिमालमा पनि ३४ वटा टोलीबाट कुल ४१२ जना (३११ पुरुष र १०१ महिला) आरोहीले अनुमति लिएको देखिन्छ । यसैगरी, हिम्लुङ हिमाल १३० जना, बरुण त्से ६५ जना, थापा पिक ५५ जना, लगायतका हिमालहरूमा पनि आरोहीहरूको उल्लेख्य भीड देखिएको छ । साना तथा मझौला हिमालदेखि आठ हजार मिटरभन्दा माथिका चुचुराहरूसम्मै यसपटक पर्वतारोहीहरूको सक्रियता उत्साहजनक रहेको छ । पर्यटन विभागको देशगत अनुमति प्रतिवेदन अनुसार यसपटक विश्वभरका ७६ भन्दा बढी राष्ट्रका नागरिकहरू नेपालका हिमालहरू आरोहण गर्न भित्रिएका छन् । प्राप्त तथ्यांकअनुसार यस सिजनमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकाबाट १२१ जना आरोहीले अनुमति लिएका छन् । त्यसैगरी, रुसबाट ११३ जना, युनाइटेड किंगडमबाट १०२ जना, फ्रान्सबाट १३६ जना, चीनबाट १४२ जना, नर्वेबाट ३२ जना, जर्मनीबाट ९७ जना, इटालीबाट ६३ जना र स्पेनबाट ५५ जना आरोहीहरूले नेपालका हिमाल आरोहणको अनुमति प्राप्त गरेका छन् । छिमेकी मुलुक भारतबाट ४० जना आरोहीहरू आएका छन् भने यसै सिजनमा नेपालबाट पनि ३७ पुरुष र ३ महिला गरी कुल ४० जना स्वदेशी नागरिकले हिमाल आरोहणका लागि अनुमति लिएको देखिन्छ । हिमाल आरोहण अनुमति जारी गरेबापत नेपाल सरकारले यस शरद ऋतुमा मोटो रकम राजश्व संकलन गरेको छ । विभागको प्रतिवेदनअनुसार हालसम्म हिमाल आरोहण रोयल्टीबापत कुल २१,२८,१०९ अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँमा ३२,३७,८८,९९० रुपैयाँ (करिब ३२ करोड ३७ लाख रुपैयाँ) संकलन भइसकेको छ । संकलित कुल रोयल्टी रकममध्ये सबैभन्दा ठूलो हिस्सा मनास्लु हिमालको मात्र रहेको छ । एक्लो मनास्लु हिमालबाट मात्रै १४,८५,८१६ अमेरिकी डलर अर्थात् २२,५८,५७,१८९ नेपाली रुपैयाँ रोयल्टीबापत सङ्कलन भएको छ । त्यसैगरी, आमादब्लम हिमालबाट ४,०४,००० अमेरिकी डलर (६,१६,५१,६५० नेपाली रुपैयाँ) राजस्व उठेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६ जना घाइते
OthersJust now

बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६ जना घाइते

बैतडीको मेलौली नगरपालिका–१ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बुधबार राति करिब ८ बजे डडेल्धुरा अस्पतालबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु।प।प्र। ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको हो । दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको जिल्ला प्रहरी ...

पर्दाफास
सञ्जाल र क्याफेमा उम्मेदवारको घुइँचो, एजेन्डा गयल
OthersJust now

सञ्जाल र क्याफेमा उम्मेदवारको घुइँचो, एजेन्डा गयल

उम्मेदवारको बाढी हेर्दा कोही पनि विगतमा जसरी दलको निर्णय कुर्ने पक्षमा देखिँदैनन् । बरु अहिलेदेखि नै आफ्नो डिजिटल र फिजिकल सक्रियताले नागरिक र दलका कमिटीलाई प्रभावमा पारेर टिकट हत्याउने माहोल सिर्जना गर्न तल्लीन छन् । यो क्रम नयाँमा त व्यापक छ नै, कांग्रेस, एमालेजस्ता दलमा पनि यो प्रवृत्ति झ्याँगिएको देखिन्छ । ...

अनलाइन खबर
लन्डनमा नेपालको पर्यटन प्रवर्द्धन
OthersJust now

लन्डनमा नेपालको पर्यटन प्रवर्द्धन

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री पौडेलले नेपालले विश्वलाई दिने सबैभन्दा उत्कृष्ट उपहार ध्यान र योगा भएको बताए । ...

अनलाइन खबर
आजदेखि यु-१९ एसिया कप क्रिकेट सुरु हुँदै, नेपालले भोलि भारतसँग खेल्ने
OthersJust now

आजदेखि यु-१९ एसिया कप क्रिकेट सुरु हुँदै, नेपालले भोलि भारतसँग खेल्ने

१९ कात्तिक, काठमाडौं । आजदेखि यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । ओमानको अल अमेरातमा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिता यही २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । समूह चरणमा नेपालले २० कात्तिकमा भारत, २२ कात्तिकमा युनाइटेड अरब इमिरेट्स (युएई) तथा २४ कात्तिकमा पाकिस्तानविरुद्ध खेल्ने तालिका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play