Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

बैजनाथ धामबाट सुरु भयो सुदूरपश्चिम रोयल्सको ट्रफी यात्रा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बैजनाथ धामबाट सुरु भयो सुदूरपश्चिम रोयल्सको ट्रफी यात्रा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी यात्रा अछामको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बैजनाथ धामबाट सुरु गरेको छ। सुदूरपश्चिमका नौवटै जिल्लामा ट्रफी प्रदर्शन गर्ने कार्यक्रमअनुसार शनिबार बिहान बैजनाथ धाममा पूजाआराधना र स्वस्तिवाचन गरी ट्रफी यात्रा सुरु गरिएको हो। बैजनाथ मन्दिरदेखि साँफेबगरसम्म ट्रफीसहित र्‍याली निकालिएको थियो। र्‍यालीमा क्रिकेटप्रेमी, समर्थक तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रममा अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य भरतकुमार स्वारले अछाम क्रिकेटको उर्वर भूमि भएको बताउँदै ट्रफी यात्राले जिल्लामा थप खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरले ट्रफी यात्राले बैजनाथ धामको प्रचारप्रसारमा समेत टेवा पुग्ने बताउनुभयो। रोयल्सका निर्देशक जगत टमट्टाले मैदानभित्र र बाहिर समर्थकले दिएको मायाप्रति आभार व्यक्त गर्न ट्रफी यात्रा आयोजना गरिएको बताउनुभयो। क्रिकेटप्रतिको आकर्षण बढाउने र खेलकुद विकासको सन्देश दिने उद्देश्यले धार्मिक क्षेत्र बैजनाथ धामबाट यात्रा सुरु गरिएको उहाँको भनाइ छ। अछामबाट सुरु भएको ट्रफी यात्रा शनिबार नै बाजुरा पुग्नेछ। मङ्सिर १४ गते डोटी र डडेल्धुरा, १५ गते बैतडी, १६ गते दार्चुला, १७ गते बझाङ र १८ गते डडेल्धुराको परशुराम धाममा ट्रफी प्रदर्शन गरिनेछ। मङ्सिर १९ गते कैलाली र कञ्चनपुरमा ट्रफी टुर हुनेछ। कैलालीको टीकापुर पार्कबाट सुरु हुने यात्रा चिसापानी, लम्की, घोडाघोडी ताल हुँदै अत्तरियासम्म पुग्नेछ। त्यसपछि कञ्चनपुरको महेन्द्रनगरदेखि दोधारा चाँदनी पुलसम्म र्‍याली निकालिनेछ। ट्रफी यात्राको अन्तिम दिन मङ्सिर २० गते धनगढीमा र्‍याली तथा सांगीतिक कार्यक्रम आयोजना गरी समापन गरिने रोयल्सले जनाएको छ। यसअघि एनपिएलका दुई संस्करणमा फाइनलसम्म पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणमा भने उपाधि आफ्नो नाममा गरेको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि
Latest NewsJust now

अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि

• अस्ट्रेलियामा नेपाली समुदायको संख्या एक दशकमा झन्डै पाँच गुणाले वृद्धि भएको छ, हाल २ लाख १३ हजार ५८० जना नेपाली बसोबास गरिरहेका छन्। • अध्ययनमा सहभागी ६१.१६ प्रतिशत नेपाली उच्च शिक्षा हासिल गर्नका लागि अस्ट्रेलिया आएका छन्, र २३ प्रतिशतले परिवारसँग पुनर्मिलनलाई मुख्य कारण बताएका छन्। • अस्ट्रेलियामा नेपाली समुदाय व्यवसाय, उद्यमशीलता र सामाजिक गतिविधिमा पनि सक्रिय हुँदै गएको ...

नेपालबहस
वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान
Latest NewsJust now

वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा  सुरु गरेको छ। यो नयाँ सेवाको घोषणा मात्र नभई ग्राहकप्रति कम्पनीको प्रतिबद्धता भएको कम्पनीले जनाएको छ।  सेवा अन्तर्गत वर्ल्डलिंकले ‘तुरुन्तै’, ‘फ्रि वर्ल्डलिंक वाइफाइ र टाइम ब्याक’ गरी तीन प्रतिबद्धता सार्वजनिक गरेको छ। यी प्रतिबद्धता मार्फत इन्टरनेट अवरुद्ध हुँदा... ...

नेपालखबर
लागूऔषधसहित चार जना पक्राउ
Latest NewsJust now

लागूऔषधसहित चार जना पक्राउ

झापा । झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन् । मेचीनगर–६ काँकडभिट्टास्थित एक होटलबाट तीन जना र बिर्तामोड–५ जिराइत टोलबाट शनिबार साँझ एक... ...

रातोपाटी
दसौं राष्ट्रिय खेलकुद : जिम्न्यास्टिकतर्फ आर्मी पहिलो स्थानमा
Latest NewsJust now

दसौं राष्ट्रिय खेलकुद : जिम्न्यास्टिकतर्फ आर्मी पहिलो स्थानमा

सुर्खेतमा जारी प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ गरी कुल २ सय ९२ दशमलव १३ अंक जोड्दै नेपाल आर्मी पहिलो हुन सफल भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement