Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

बैंकर्स संघको अध्यक्षमा ग्लोबल सिइओ रेग्मी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बैंकर्स संघको अध्यक्षमा ग्लोबल सिइओ रेग्मी
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल बैंकर्स संघको ४०औँ वार्षिक साधारणसभाले संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मीलाई निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा कुमारी बैंकका सिइओ रामचन्द्र खनाल निर्वाचित हुनुभएको छ । निवर्तमान अध्यक्षमा माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइराला रहनुहुनेछ । सदस्यहरूमा नेपाल बैंकका सिइओ तिलकराज पाण्डेय, सानिमा बैंकका सिइओ पवनकुमार आचार्य, सिद्धार्थ बैंकका सिइओ रामेश्वरप्रसाद बस्याल र एनएमबी बैंकका सिइओ गोविन्द घिमिरे हुनुहुन्छ । त्यसैगरी सदस्यहरूमा नबिल बैंकका सिइओ मनोजकुमार ज्ञवाली, नेपाल एसबिआई बैंकका सिइओ रामकुमार तिवारी, प्राइम कमर्सियल बैंकका सिइओ सञ्जीव मानन्धर हुनुहुन्छ भने सल्लाहकारमा हिमालयन बैंकका सिइओ अशोकशमशेर राणा हुनुहुन्छ । नयाँ कार्यसमितिले नेपालको बैंकिङ क्षेत्रको संस्थागत प्रतिनिधित्व, बैंकिङ प्रणालीको सुदृढीकरण तथा वित्तीय क्षेत्रका साझा मुद्दामा समन्वय र सहकार्यलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
Latest NewsJust now

खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

म्याग्दी । कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन् । परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा लागेका सुर्केमेलाका खेतबारीको... ...

रातोपाटी
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
Latest NewsJust now

ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल

भोजपुर । जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन् । पदमार्गको प्रचारप्रसार गर्दै... ...

रातोपाटी
राष्ट्रिय खेलकुद: जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा
Latest NewsJust now

राष्ट्रिय खेलकुद: जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा

जुम्ला । यहाँ आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पुरा भएको छ । पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेल हुने भएपछि... ...

रातोपाटी
झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमामा आबद्ध
Latest NewsJust now

झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमामा आबद्ध

झापा । झापा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या आठ लाख ५७ हजार १९९ पुगेको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार यो झापाको कूल जनसङ्ख्याको ८६ प्रतिशत हो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement