काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ्दै गए पनि निजी क्षेत्रमा कर्जा विस्तार अपेक्षाकृत सुस्त देखिएको छ। बैंक तथा वित्तीय संस्थामा ८५ खर्ब रुपैयाँभन्दा बढी निक्षेप जम्मा हुँदा निजी क्षेत्रमा प्रवाहित कर्जा भने ६० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८५ खर्ब ९ अर्ब रुपैयाँ पुगेको हो। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा २ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँ निक्षेप थपिएको छ। तर निजी क्षेत्रमा प्रवाहित कर्जा भने १ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँले मात्रै वृद्धि भएको छ। यसअनुसार निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार ४८ अर्ब ७० करोड रुपैयाँ कम रहेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेप १३.७ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा ८.३ प्रतिशतले मात्रै वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। बैंकमा निक्षेप बढ्नु सकारात्मक भए पनि त्यसअनुसार कर्जा प्रवाह विस्तार हुन नसक्दा निजी क्षेत्रको लगानी र आर्थिक गतिविधिबारे प्रश्न उठेको छ। विशेषगरी उद्योग, कृषि, व्यापार तथा उत्पादनमूलक क्षेत्रमा अपेक्षित लगानी हुन नसक्नु चुनौतीका रूपमा देखिएको छ।
बैंकमा निक्षेप ८५ खर्ब पुग्दा निजी क्षेत्रमा कर्जा प्रवाह ६० खर्ब मात्रै

Read Complete Original Article
Published originally on नेपालन्युज






