Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन, ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन, ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

10/30/2026, 10:56:14 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन, ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहने बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन इएससीएपी) को मुख्यालय बैंककमा आयोजना गरिएको ‘सगरमाथादेखि समुद्रसम्म’ विषयक उच्चस्तरीय क्षेत्रीय संवादलाई सम्बोधन गर्दै उहाँले हिमाल जोगाउन विश्वले सहकार्य गर्नुपर्ने बताएका हुन् । नेपाल सरकार र यूएन इएससीएपीको संयुक्त आयोजनामा सुरु भएको उक्त संवादमा मन्त्री श्रेष्ठले गत २६ अगस्टमा भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी पहिरो र बाढीको भयावह अवस्थाबारे विश्व समुदायलाई जानकारी गराए । सम्बाेधनका क्रममा मन्त्री श्रेष्ठले लाङटाङ लिरुङको उच्च हिमाली क्षेत्रबाट खसेको चट्टान र हिमपहिरोका कारण सात मिनेटभित्रै नेपाल-चीन सीमा क्षेत्र र ३० मिनेटभित्र टिमुरे तथा स्याफ्रुबेंसी बजार पूर्ण रूपमा ध्वस्त भएको स्मरण गराए । “विपत्तिको नौ साता बितिसक्दा पनि १,४०० भन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ भने ५,२०० भन्दा बढी अझै बेपत्ता छन्,” मन्त्री श्रेष्ठले भने, “धेरै परिवारहरूसँग दाहसंस्कारका लागि शवसम्म छैन, उनीहरूले कुशको पुत्ला बनाएर अन्तिम संस्कार गरिरहेका छन् । यो क्षतिलाई कुनै पनि आर्थिक मूल्याङ्कनले मापन गर्न सक्दैन ।” उनले यो घटना लगत्तै ११ अक्टोबरमा बुढीगण्डकीमा पहिरोले थुनिएको ताल फुटेर निर्माणाधीन ३४१ मेगावाटको जलविद्युत् आयोजनामा पुर्‍याएको क्षतिको उदाहरण दिँदै एउटा विपत्तिले अर्को विपत्ति निम्त्याउने ‘सङ्कटको शृङ्खला’को जोखिमबारे ध्यानाकर्षण गराए । नेपालले राख्यो चार प्रस्ताव जलवायु परिवर्तनका असरहरूसँग जुध्न र सीमापार जोखिम व्यवस्थापनका लागि मन्त्री श्रेष्ठले क्षेत्रीय संवादमार्फत अन्तर्राष्ट्रिय समुदायसँग चारवटा प्रमुख प्रस्तावहरू अघि सारेका छन् । पहिलो अन्तरिक्ष प्रविधि र तथ्यांक साझा गर्ने रहेको छ । यसका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष एजेन्सीहरू, वैज्ञानिक संस्थाहरू र सरकारहरू मिलेर हिमाली क्षेत्रका जोखिमयुक्त भिरपाखा र हिमनदीहरूको अनुगमन गर्न स्याटेलाइट, एआई र आधुनिक प्रविधिमा आधारित बहु-जोखिम पूर्वसूचना प्रणाली निर्माण गर्ने नेपालको प्रस्ताव छ । यसैगरी सूचना र ज्ञान साझा गर्ने प्रस्ताव छ । ‘हाम्रा प्रधानमन्त्रीज्यूले तथ्यांक आदानप्रदान गर्न, हिमतालहरूको अनुगमन गर्न र हाम्रा हिमालहरूमा पूर्वसूचनाको समन्वय गर्न “हिमाली जलवायु उत्थानशीलता संयन्त्र”को प्रस्ताव गरेका छन्। “साझा नदीहरूको लामो इतिहासले द्वन्द्वभन्दा दोब्बर बढी सहकार्य भएको देखाउँछ, र सहकार्यको सुरुवात सधैँ तथ्यांकबाटै हुन्छ। त्यो तथ्यांक विपत्ति आइसकेपछि होइन, विपत्ति आउनुअघि नै हरेक दिशा र हरेक मौसममा प्रवाह हुनदेऊ। हिमालयलाई सहकार्यको एउटा विशाल प्रयोगशाला बनाऔँ,’ मन्त्री श्रेष्ठले भने । तेस्रोमा विपत्तिकै गतिमा वित्तीय सहयोग तत्काल प्रवाह गर्ने प्रस्ताव छ । हिमालको अनुगमन गर्न लाखौँ डलर लागे पनि अनुगमन नगर्दा अरबौँको क्षति हुने भन्दै अनुगमन, पूर्वतयारी र पुनरुत्थानका लागि पहुँचयोग्य र अनुदानमा आधारित वित्तीय सहयोग उपलब्ध गराउन मन्त्री श्रेष्ठले प्रस्ताव राखेका छन् । “हानि तथा क्षतिको द्रुत सम्बोधनका लागि एउटा स्थायी विन्डो बनाऔँ र त्यसमा पर्याप्त रकम भरौँ। उच्च हिमालमा अनुगमन र पूर्वसूचनाका लागि ऋण होइन, अनुदान मात्र दिइओस्। र, हाम्रा नदी किनारमा हुने जलविद्युत्‌देखि सीमावर्ती सहरहरूसम्मका प्रत्येक लगानीलाई ‘स्रोतदेखि समुद्रसम्म’ जोखिम-संवेदनशील बनाइओस्,” उनले भने । चौथोमा हिमाली समुदायको हरित भविष्यमा लगानी गर्ने प्रस्ताव छ । वन र जलाधार संरक्षण गर्ने हिमाली समुदायका लागि स्वच्छ ऊर्जा, दिगो कृषि, जडीबुटी र जिम्मेवार पर्यटनमार्फत समृद्धिको बाटो खोल्ने तथा हिमाली उत्पादनहरूलाई भन्साररहित बजार पहुँच दिलाउने प्रस्ताव मन्त्री श्रेष्ठले राखेका छन् । नेपालका तर्फबाट मन्त्री श्रेष्ठले राखेको प्रस्तावलाई ५३ देशका प्रतिनिधिले समर्थन गरेका छन् । क्षेत्रीय सम्वादमा मन्त्री श्रेष्ठले जलवायु परिवर्तनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा पनि कम भए तापनि यसको प्रत्यक्ष मार नेपालले खेप्नुपरेको उल्लेख गरे । मन्त्री श्रेष्ठले भने, “हाम्रा हिमालहरूमा जे घट्छ, त्यो हिमालमै सीमित रहँदैन । हाम्रा नदीहरू समुद्रसम्म पुग्छन्, त्यसैले हिमाली, टापु र तटीय देशहरूको सुरक्षा आपसमा जोडिएको छ ।” मन्त्री श्रेष्ठले हिमालले आफ्नो कुरा भनिसकेकाले अब सहकार्य र ठोस कार्य हुनुपर्नेमा जोड दिए । संवादमा एसिया-प्रशान्त क्षेत्रका विभिन्न देशका मन्त्रीहरू, संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरू, वैज्ञानिकहरू तथा कूटनीतिज्ञहरूको उपस्थिति रहेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा
ताजा खबरJust now

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा

केन्द्रीय निर्वाचन समितिका अनुसार नेतान्याहु समर्थक समूहले ५३ सिट जिते पनि नयाँ नेसेटमा बहुमतका लागि आवश्यक संख्या पुगेन। ...

कान्तिपुर
काठमाडौँमा विद्युत् लाइन भूमिगत गर्न ८ दिन बिजुली कटौती हुँदै
ताजा खबरJust now

काठमाडौँमा विद्युत् लाइन भूमिगत गर्न ८ दिन बिजुली कटौती हुँदै

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भूमिगत विद्युत् लाइन विस्तारको कामलाई तीव्रता दिएको छ । भूमिगत विद्युत लाइन विस्तारका क्रममा कामलाई सुरक्षित र सहज बनाउन प्राधिकरणले कात्तिक... ...

रातोपाटी
आठ हजार मिटर अग्ला नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यताका लागि पहल
ताजा खबरJust now

आठ हजार मिटर अग्ला नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यताका लागि पहल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ ले  आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको बताएका छन्।  नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को साधारणसभामा मन्त्री पौडेलले यसबारे प्रस्ताव अघि सारेका ... ...

नेपालखबर
डा केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामाः शिक्षा मन्त्रालय
ताजा खबरJust now

डा केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामाः शिक्षा मन्त्रालय

काठमाडौँ, कात्तिक १३ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाइएको बताएको छ ।उक्त... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play