Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

बेलायतको पेन्सन विभागमा साइबर आक्रमण

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेलायतको पेन्सन विभागमा साइबर आक्रमण
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । बेलायतको सबैभन्दा बढी बजेट खर्च गर्ने सरकारी विभाग डिपार्टमेन्ट फर वर्क एन्ड पेन्सनमाथि ठूलो साइबर आक्रमण भएको छ । विभागले शनिबार यसको पुष्टि गर्दै पछिल्ला केही दिनदेखि आफ्ना प्रणाली बन्द गर्न बाध्य पार्ने घटना नियोजित साइबर आक्रमण भएको जनाएको छ । डिपार्टमेन्ट फर वर्क एन्ड पेन्सनले सेवानिवृत्त नागरिक र सरकारी कल्याणकारी सहायता प्राप्त गर्ने लाखौँ व्यक्तिलाई पेन्सन तथा विभिन्न सरकारी सुविधा वितरण गर्छ । आक्रमणमा संलग्न व्यक्ति वा समूहको पहिचान भने अहिलेसम्म हुन सकेको छैन । विभागका अनुसार उसका प्राविधिक टोली र साइबर सुरक्षा विज्ञहरूले आक्रमणबारे अनुसन्धान गरिरहेका छन् । घटनाको प्रकृति र प्रभाव पत्ता लगाउन विभागले नेसनल साइबर सेक्युरिटी सेन्टर र गभर्मेन्ट साइबर कोअर्डिनेसन सेन्टरसँग सहकार्य गरिरहेको छ । बिहीबार राति पहिलोपटक पत्ता लागेको उक्त घटनापछि विभागका कैयौँ सेवा बन्द गरिएका थिए । तीमध्ये अधिकांश सेवा शनिबारसम्म पनि सञ्चालनमा आउन सकेका थिएनन् । यद्यपि, हालसम्म सेवाग्राहीको व्यक्तिगत विवरण चोरी भएको कुनै प्रमाण फेला नपरेको विभागले जनाएको छ । बेलायतमा बढ्दो साइबर जोखिम यो आक्रमण बेलायतमा पछिल्लो समय देखिएका साइबर सुरक्षासम्बन्धी घटनाहरूको शृंखलामा अर्को घटना हो । हालै बेलायतका केही मासु आपूर्तिकर्ताले आफ्ना रेफ्रिजरेटरको तापक्रम अचानक बढेको बताएका थिए । युरोपभरिका सुपरमार्केटमा प्रयोग हुने सफ्टवेयर ह्याकिङको निशानामा परेपछि यस्तो समस्या देखिएको थियो । यसै महिनाको सुरुतिर बेलायतका साइबर सुरक्षा प्रमुखले सन् २०२८ सम्ममा देशको महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी कृत्रिम बुद्धिमत्ता (एआई) आधारित साइबर आक्रमण हुन सक्ने जोखिमबारे चेतावनी दिएका थिए । साइबर अपराधीहरूले यस्ता आक्रमणमा एआईको प्रयोग तीव्र गतिमा बढाउँदै लगेको उनको भनाइ थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘हामी तयार छौँ अभियान’का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
Latest NewsJust now

‘हामी तयार छौँ अभियान’का लागि कांग्रेसले आज अभिमुखीकरण दिने

काठमाडौँ । नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन लागेको छ । पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा... ...

रातोपाटी
पथलैयामा २३७ किलो गाँजा बरामद, चालक फरार
Latest NewsJust now

पथलैयामा २३७ किलो गाँजा बरामद, चालक फरार

काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्ट नजिकैबाट प्रहरीले २३७।१७ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार हिजो साँझ ५ः४० बजे अमलेखगञ्जबाटपथलैयातर्फ जाँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई चेकजाँचका लागि रोक्न खोज्दा चालकले गाडी नरोकी भागेका थिए । गाडीलाई पछ्याउने क्रममा दुधौरा खोलाको पुलपारि जंगलछेउमा चालकले इन्जिन चालु अवस्थामै गाडी छाडेर फरार भएका थिए । खोजीका क्रममा चालक ...

लुम्बिनी सञ्चार
नेपालगञ्जको हडियाबाबा आश्रम धार्मिक पर्यटकीय क्षेत्र बन्दै
Latest NewsJust now

नेपालगञ्जको हडियाबाबा आश्रम धार्मिक पर्यटकीय क्षेत्र बन्दै

बाँके। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ । हडियाबाबाको ६१औँ पुण्यस्मृति दिवसका अवसरमा यतिबेला नेपालको विभिन्न जिल्ला र भारतबाट समेत सयौँ साधुसन्त चिसो मौसमको बेवास्ता गर्दै दिनरात हडियाबाबा मन्दिर परिसरको खुल्ला बगैचामा बिताइरहेका छन्। हडियाबाबाको ६१औँ पुण्यस्मृति दिवसका अवसरमा मन्दिरमा यही मङ्सिर १० गतेदेखि सुरु भएको छ दिने हडियाबाबा धार्मिक मेलामा ...

नेपालन्युज
दैलेखको मिथेन ग्यास खानी उत्खनन उच्च प्राथमिकतामा: रवि लामिछाने
Latest NewsJust now

दैलेखको मिथेन ग्यास खानी उत्खनन उच्च प्राथमिकतामा: रवि लामिछाने

दैलेख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीकै मुहार फेर्न सक्ने सम्भावना बोकेको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन् । सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुगेका सभापति लामिछानेले खानीको वर्तमान अवस्थाबारे प्रत्यक्ष जानकारी लिए ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement