Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

बेलायतको अटोमोबाइल उद्योगमा लगानी सङ्कटको जोखिम बढ्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेलायतको अटोमोबाइल उद्योगमा लगानी सङ्कटको जोखिम बढ्दै
Photo / Coverage: विश्वखबर

एजेन्सी । विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी अव्यावहारिक लक्ष्य, युरोपेली संघ (ईयू) का सम्भावित व्यापारिक अवरोध र उच्च औद्योगिक लागतका कारण बेलायतको अटोमोबाइल क्षेत्रमा लगानी गुम्ने जोखिम बढेको छ । बेलायतको मोटर निर्माता तथा व्यापारीहरूको संस्था (एसएमएमटी) ले बुधबार यस्तो चेतावनी दिएको हो । संस्थाका अनुसार यी तीन चुनौतीले बेलायती अटो उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउँदै लगेका छन् । एसएमएमटीका अनुसार विद्युतीय सवारीसाधनको माग बढाउन उत्पादकहरूले सन् २०२४ र २०२५ मा मात्रै १० अर्ब पाउन्डभन्दा बढी छुट दिएका छन् । बेलायतको सरकारी नीतिअनुसार सन् २०३५ सम्ममा बिक्री हुने सबै नयाँ कार तथा भ्यान शून्य उत्सर्जनयुक्त हुनुपर्नेछ । तर उपभोक्ताको मागभन्दा लक्ष्य तीव्र हुँदा उत्पादक र बजारमा दबाब परेको संस्थाको भनाइ छ । त्यस्तै, बेलायतको सबैभन्दा ठूलो निर्यात बजार ईयूसँगको व्यापारिक पहुँच सुरक्षित राख्न पनि संस्थाले आग्रह गरेको छ । सम्भावित व्यापारिक अवरोधले दुवै क्षेत्रको आपूर्ति शृङ्खलामा असर पार्न सक्ने बताइएको छ । बेलायतमा औद्योगिक ऊर्जा लागत पनि युरोपकै उच्चमध्ये रहेको छ । यसले उत्पादन लागत बढाएको छ । एसएमएमटीका अनुसार बेलायतको सवारीसाधन उत्पादन सन् १९५२ यताकै न्यून स्तरमा पुगेको छ भने पछिल्लो दशकमा आपूर्तिकर्ता कम्पनी टाट पल्टिने घटना १८० प्रतिशतले बढेको छ। यसले भविष्यमा नयाँ लगानी आकर्षित गर्न चुनौती थपेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१२ बजे १२ समाचार : अर्यालको घरमा सीआईबीको खानलासी, त्रिविको मापदण्डमाथि प्रश्न
Latest NewsJust now

१२ बजे १२ समाचार : अर्यालको घरमा सीआईबीको खानलासी, त्रिविको मापदण्डमाथि प्रश्न

काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको १० गते बिहीबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा ‘१२ बजे १२ समाचार’ लिएर हाजिर भएका छौँ-... ...

रातोपाटी
आर्थिक कूटनीतिबाट द्विपक्षीय समृद्धि
Latest NewsJust now

आर्थिक कूटनीतिबाट द्विपक्षीय समृद्धि

काठमाडौँ, मङ्सिर १० गते । नेपाल र बेलायतबिचको आर्थिक कूटनीतिलाई थप समृद्ध बनाउन सकेमात्र दुई मित्रराष्ट्रको आपसी साझेदारीमा बढोत्तरी हुने सरोकारवाला निकायका प्रतिनिधिहरुले जोड दिनु... ...

गोरखापत्र
संगठनभित्र हुने निरीक्षणलाई परिणाममुखी बनाउन सशस्त्र महानिरीक्षक पौडेलको निर्देशन
Latest NewsJust now

संगठनभित्र हुने निरीक्षणलाई परिणाममुखी बनाउन सशस्त्र महानिरीक्षक पौडेलको निर्देशन

मित्र भण्डारी काठमाडौं, मंसिर १० गते । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले संगठनभित्र हुने निरीक्षणलगायतका गतिविधिहरूलाई औपचारिकतामा सीमित नराखी कार्यसम्पादनक... ...

गोरखापत्र
श्रमिक ठगी आरोपको अनुसन्धान फैलिँदै, २ महिनादेखि मलेसियाको रोजगारी ठप्प
Latest NewsJust now

श्रमिक ठगी आरोपको अनुसन्धान फैलिँदै, २ महिनादेखि मलेसियाको रोजगारी ठप्प

बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी अनुसन्धानमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि पक्राउ, प्रहरीले मेडिकल परीक्षण गर्ने व्यवसायीलाई पक्राउ गरेलगत्तैदेखि नेपाली श्रमिक मलेसिया जान बन्द ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement