Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

बेरुजु साढे १० अर्ब नाघ्यो, १ वर्षमा झन्डै डेढ अर्बले बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेरुजु साढे १० अर्ब नाघ्यो, १ वर्षमा झन्डै डेढ अर्बले बढ्यो
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सरकारी निकायहरूमा वित्तीय अनुशासन कमजोर बन्दै जाँदा बेरुजु रकम उल्लेख्य रूपमा बढेको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा सरकारी निकायहरूको बेरुजु १० अर्ब ६८ करोड १५ लाख रुपैयाँभन्दा धेरै पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ४४ करोड १५ लाख रुपैयाँले धेरै हो । कुल बेरुजुमध्ये सबैभन्दा ठूलो हिस्सा अर्थात् ५ अर्ब २७ करोड १६ लाख रुपैयाँ म्याद नाघेको पेस्की रहेको छ । यसैगरी असुलउपर गर्नुपर्ने बेरुजु ३ अर्ब ४२ करोड ६६ लाख र नियमित गर्नुपर्ने बेरुजु १ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयगत रूपमा सबैभन्दा धेरै बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ४ अर्ब १९ करोड १७ लाख रुपैयाँ रहेको छ । प्रतिवेदनअनुसार कुल ३ हजार ९८५ सरकारी कार्यालयको लेखापरीक्षण गर्दा यो बेरुजु कायम भएको हो । नवयुवा आन्दोलनका क्रममा भौतिक सम्पत्ति र सरकारी कागजातमा पुगेको क्षति तथा कर्मचारीको कार्यगत त्रुटिका कारण पनि बेरुजुको आयतन बढेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । The post बेरुजु साढे १० अर्ब नाघ्यो, १ वर्षमा झन्डै डेढ अर्बले बढ्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
Latest NewsJust now

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष काठमाडौँ महानगरपालिका सम्यक महादान मूल समारोह समितिले सम्यक महादानको निमन्त्रणा प्रदान गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले... ...

रातोपाटी
जग्गा नामसारी गर्दा एक लाख घुस लिएको आरोपमा नासु पक्राउ
Latest NewsJust now

जग्गा नामसारी गर्दा एक लाख घुस लिएको आरोपमा नासु पक्राउ

जग्गा नामसारी गराउन घुस लिएको आरोपमा सर्लाहीको भूमि प्रशासन कार्यालयका नायव सुब्बा निर्मल तिमलसिनालाई पक्राउ गरिएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले तिमलसिनालाई नियन्त्रणमा लिएको हो। उनले जग्गा नामसारी गराउन एक लाख घुस लिएको अख्तियारको आरोप छ।  उनले घुस लिएको भनिएको एक लाख रुपैयाँ पनि अख्तियारको टोलीले नि... ...

नेपालखबर
TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै
Latest NewsJust now

TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

काठमाडौं । नेपाली हिप–हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्‍याप रियालिटी शो MTV Hustle’ को नेपाली फ्रेन्चाइज ‘Hustle by NepHop’ नेपालमा आउने भएको छ । यस कार्यक्रमको Title Sponsor का रूपमा TVS NTORQ आबद्ध भएको छ । मलिन मिडिया एन्ड इभेन्ट प्रा.लि.ले नेपालमा ल्याउन लागेको ‘Hustle by NepHop’ लाई TVS NTORQ Presents […] ...

लोकपथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै आन्दोलनमा उत्रिने सरोकारवालाहरूको चेतावनी [भिडियो]
Latest NewsJust now

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै आन्दोलनमा उत्रिने सरोकारवालाहरूको चेतावनी [भिडियो]

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै त्यसका विरुद्ध सामूहिक आन्दोलनमा उत्रिनुपर्ने बताएका छन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play