Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बेनी-जोमसोम-कोरला सडकमा बाढीले १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब चाहिने

बेनी-जोमसोम-कोरला सडकमा बाढीले १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब चाहिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेनी-जोमसोम-कोरला सडकमा बाढीले १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब चाहिने

काठमाडौं । पछिल्लो मनसुनजन्य विपत्बाट चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब १ अर्ब बराबरको भौतिक संरचनाको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । गत ८–११ असोजसम्मको झरिपछि पहिरो, कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण क्षतविक्षत भएको उक्त सडक पुनर्निर्माणका लागि ३–४ अर्ब बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । आयोजना प्रमुख तेजस्वी शर्माले कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाएको, भत्काएको तथा ५० ठाउँमा पहिरोले क्षति पुर्‍याएको बताए । ‘८० देखि ९० करोड क्षति भएको अनुमान गरिएको सडकलाई प्रारम्भिक मर्मत गरेर दुई हप्तामै सञ्चालनमा ल्याए पनि पुरानै अवस्थामा ल्याउन थप तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेका छौँ’, उनले भने, ‘पहिरो र नदी नियन्त्रणसँगै यसअघि डिबिएसडी कालोपत्र भएको सडकको म्याग्दी खण्डमा अक्सफाल्ट पिचको डिजाइनअनुसार काम गर्नुपर्ने भएको छ ।’ पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीहुँदै मुस्ताङको कोरला नाका जोड्ने २०२ किलोमिटर सडकमध्ये सबैभन्दा बढी म्याग्दी खण्डको ३३ किलोमिटर दूरीमा क्षति पुगेको छ । यसअघिका पहिरो र कटानको जोखिम भनिएका ठाउँका अलावा नयाँ ठाउँमा पनि कटान र पहिरो सिर्जना भएको छ । संघीय सडक सुपरिक्षवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले विसं २०७३–७४ मा सुरु भएको बेनी–जोमसोम–कोरला सडकमा हालसम्मकै धेरै क्षति भएको बताए । योजनाका संस्थापक प्रमुखसमेत रहेका सुवेदीले म्याग्दी खण्डमा हालै स्तरोन्नति भएको सडकमा धेरै क्षति पुगेको बताए । यसअघि एक घण्टा तीन मिनेट लाग्ने म्याग्दी खण्ड पार गर्न बाढी पहिरोपछि तीनदेखि चार घण्टा लाग्न थालेको छ । पर्वतको फर्से, केराबारी, लामाबगर, म्याग्दीको तिल्केनीचौर, राहुपारे, बैसरी, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, नौनीबगर, तातोपानी, गुइठेभिर, खामभित्ता, सुकेबगर क्षेत्रमा पहिरो र कटानले ठूलो क्षति गरेको छ । कालीगण्डकीले बगाएको पोखरेबगर सडक पुलको अस्थायी मार्ग बनाएर यातायात सञ्चालन गरिएको छ । पहिरो र कटान भएको ठाउँमा एकतर्फी गाडी चलाउन मिल्ने गरी मार्ग खोलिएको हुँदा सवारीसाधन फस्ने, जाम हुने समस्या रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । कोरला नाका जाने आउने कन्टेनर, नाकाबाट भित्र्ने सवारीसाधनदेखि मुस्ताङ जाने आउने पर्यटक र स्थानीयवासीको चाप धेरै हुने गरेको छ । कोरला नाका, पर्यटकीय र आन्तरिक यातायातका हिसाबले बेनी–जोमसोम–कोरला सडकलाई महत्त्वपूर्ण मानिएको छ । केही दिनअघि क्षतिग्रस्त सडकको निरीक्षण गरेका नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनले भौतिक संरचनाको पुनर्निर्माणमा सरकारले बजेटको कमी हुन नदिने र कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका थिए । The post बेनी-जोमसोम-कोरला सडकमा बाढीले १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब चाहिने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार
ताजा खबरJust now

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौं।जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएका जनाएको छ। निजको उद्धारमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो। राष्ट्रिय महिला सशक्तिकरण परियोजनाले आपतकालीन सहयोग आवश्यक पर्ने महिलालाई सक्दो ...

नेपालन्युज
दशैंमा कस्ता बिरामीहरुले खानेकुरामा के कसरी ध्यान दिने ? (भिडिओ)
ताजा खबरJust now

दशैंमा कस्ता बिरामीहरुले खानेकुरामा के कसरी ध्यान दिने ? (भिडिओ)

काठमाडौं । दशैंलाई नेपालीहरुले खानपिन र रमाइलोको रुपमा लिने गर्छन् टिका, जमरा, पिङ भेटघाट रमाइलो भन्दा पनि दसैंको समयमा सबैभन्दा पहिला खानेकुराका विभिन्न परिकारहरुको कुरा नै आउँछन। दशैंको समयमा मानिसहरु बढी मात्रामा खानपिन गर्ने भएकाले निरोगी मानिस समेत रोगी हुन्छन्। झन् दीर्घ रोग लागेकाले खानपिनमा ध्यान नदिँदा बिरामीलाई गम्भिर अवस्थामा अस्पतालमा पुर्यानउनु परेका थुप्रै उदाहरणहरु पनि पाइन्छन छन। भेटघाट, रमाइलो भन्दा पनि ...

कर्पोरट खबर
गाउँघरमा ‘चचहुई..चचहुई’को रौनक हराउँदै
ताजा खबरJust now

गाउँघरमा ‘चचहुई..चचहुई’को रौनक हराउँदै

• काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित चुरीथुम्कामा दशैंको समयमा परम्परागत लिङ्गे पिङको चहलपहल कम भएको छ। • विगतका वर्षहरूमा पिङ खेल्नको लागि लामो लाइन लाग्ने गर्दथ्यो, तर यस वर्ष मानिसको अभावले पिङ सुनसान भएको छ। • वैदेशिक रोजगारी र मोबाइलको आकर्षणले गर्दा युवापुस्ताको गाउँबाट बाहिरिनु र पिङको संस्कृति घट्दै गएको स्थानीयहरूको भनाइ छ। ...

नेपालबहस
पुटिन र सीसँग त्रिपक्षीय वार्ता गर्न डोनाल्ड ट्रम्प तयार
ताजा खबरJust now

पुटिन र सीसँग त्रिपक्षीय वार्ता गर्न डोनाल्ड ट्रम्प तयार

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताएका छन् । उनले सम्भावित बैठकमा आणविक निशस्त्रीकरणसँगै युक्रेन युद्धबारे पनि छलफल हुन सक्ने संकेत गरेका हुन् । ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको आलोचना गर्दै युक्रेनका तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने समय आएको टिप्पणी […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play