Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

बूढीगण्डकी प्राधिकरण गठनको विधेयक अन्तिम चरणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बूढीगण्डकी प्राधिकरण गठनको विधेयक अन्तिम चरणमा
Photo / Coverage: नेपालन्युज

काठमाडौं। बूढीगण्डकी जलविद्युत् आयोजनालाई प्राधिकरण मोडलमा अघि बढाउने गरी विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको छ। सभामुख डोलप्रसाद अर्यालले विधेयकको मस्यौदा बिहीबारसम्म टुंग्याएर संसद् अधिवेशन सुरु भएको दुई साताभित्र पेस गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। बुधबार आयोजनाको कार्यालय भवन, आवास र पक्की पुलको शिलान्यास गर्दै सभामुख अर्यालले प्राधिकरण गठन भएपछि आयोजना कार्यान्वयनमा अवरोध नहुने दाबी गरे। उनले प्राधिकरणलाई शक्तिशाली संस्थागत संरचनाका रूपमा विकास गरिने बताउँदै भने, ‘यो यस्तो पावरफुल अथोरिटी बन्छ, जसले गर्दा कसैले रोकेर रोकिँदैन।’ सभामुखका अनुसार विधेयक तयार भएपछि स्थानीय तह, नागरिक समाज र पत्रकारबाट समेत सुझाव लिइनेछ। आयोजनाका लागि हाल १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको र थप १ अर्ब ५० करोड गरी ३ अर्ब रुपैयाँको स्रोत उपलब्ध गराउने प्रतिबद्धता सरकारले गरेको छ। सभामुखले १२ सय मेगावाट क्षमताको यो आयोजनालाई केवल विद्युत् उत्पादनमा मात्र सीमित नराखी सडक, जलाशय, पर्यटन र बस्ती विकाससहितको बहुउद्देश्यीय परियोजनाका रूपमा अघि बढाइने बताए। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बूढीगण्डकीलाई कम्पनी मोडलभन्दा अधिकारसम्पन्न प्राधिकरणमार्फत सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘जलविद्युत् मात्रै बन्ने भए कम्पनी मोडलमा हो। तर यो भौगोलिक ढंगले र अर्थतन्त्रलाई नयाँ दिशामा लिएर जाने गेम चेन्जर योजना हो।’ भट्टराईले राज्यका राष्ट्रिय योजनाहरू सरकार परिवर्तनसँगै बदलिने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखे। उनले गोरखा, धादिङ र चितवनलाई समेत लाभ पुग्ने गरी यो आयोजनालाई एकीकृत विकासको मोडलका रूपमा अघि बढाउनुपर्ने बताए। पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आयोजनाका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए। बूढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाले शिलान्यास गरिएका पूर्वाधारहरू आयोजनाको निर्माण यात्राको ठोस सुरुवात भएको बताए। उनले प्रभावित परिवारको मुआब्जा, पुनर्वास र रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१४ वर्षीया बालिका बलात्कार र कुटपिटको भिडियो भाइरल बनाएको आरोपमा बाबु-छोरा पक्राउ
Latest NewsJust now

१४ वर्षीया बालिका बलात्कार र कुटपिटको भिडियो भाइरल बनाएको आरोपमा बाबु-छोरा पक्राउ

विराटनगर । मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणी (बलात्कार) र कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।... ...

रातोपाटी
जेनजी आन्दोलनका घाइते शान्तनुको उपचार र पुन:स्थापनामा सरकारको चासो
Latest NewsJust now

जेनजी आन्दोलनका घाइते शान्तनुको उपचार र पुन:स्थापनामा सरकारको चासो

काठमाण्डु – जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको उपचार तथा पुन:स्थापनाबारे जानकारी लिन महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी तथा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् । मन्त्रीहरूले अस्पतालमा उपचाररत ढकालको स्वास्थ्य अवस्था, उपचारको प्रगति र आगामी उपचारका आवश्यकताबारे जानकारी लिएका […] ...

काठमाण्डुपाटी
धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा ७२ अर्बभन्दा बढीको आवेदन, ११९ कम्पनी निष्कासनको प्रतिक्षामा
Latest NewsJust now

धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा ७२ अर्बभन्दा बढीको आवेदन, ११९ कम्पनी निष्कासनको प्रतिक्षामा

काठमाडाैं । नेपाल धितोपत्र बोर्डको नियमन विभागले तयार पारेको विवरण अनुसार आर्थिक वर्ष २०८३/८४ को मिति २०८३/०८/०९ सम्ममा कुल ११९ वटा कम्पनीहरू प्राथमिक शेयर निष्कासनको विभिन्न प्रशासनिक चरणमा रहेका छन् । बोर्डमा आवेदन दिएका यी कम्पनीहरूले कुल ५१ करोड ७३ लाख ९३ हजार ५४६ कित्ता शेयर निष्कासन गरी ७२ अर्ब १ करोड ९७ लाख २३ हजार ४९६ रुपैयाँ बराबरको पूँजी सङ्कलन ...

विश्वखबर
[अर्काइभ] अधिकारवादी नेता पद्मरत्न तुलाधारलाई भूमिगत पुष्पकमल दाहालको टेलिफोन आएपछि...
Latest NewsJust now

[अर्काइभ] अधिकारवादी नेता पद्मरत्न तुलाधारलाई भूमिगत पुष्पकमल दाहालको टेलिफोन आएपछि...

मानव अधिकारवादी नेता तुलाधरलाई ५ कात्तिक २०५७ मा टेलिफोनमा करिब १० मिनेट कुराकानी गर्दै सशस्त्र आन्दोलन गरिरहेको तत्कालीन माओवादीका अध्यक्ष दाहालले वार्ताका लागि सरकारसमक्ष पूर्वसर्त र लचिलो प्रस्ताव राखेका थिए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement