Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

बूढानीलकण्ठमा पाँचदिने धार्मिक मेला

Share:WhatsAppFacebookX (Twitter)Telegram
बूढानीलकण्ठमा पाँचदिने धार्मिक मेला
Photo / Coverage: नेपालन्युज

काठमाडौं । काठमाडौंको उत्तरी भेगस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको बूढानीलकण्ठ मन्दिरमा हरिबोधिनी एकादशीदेखि लागेको पाँचदिने धार्मिक मेलामा लाखौँ भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष हरिबोधिनी एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म पाँचदिन बूढानीलकण्ठ नारायणस्थान मन्दिरमा धार्मिक मेला लाग्ने सनातनी परम्परा रहिआएको छ । यी दिनहरूमा नारायणस्थानमा पुगी पूजा, आराधना एवं दर्शन गरेमा पुण्य प्राप्त हुने र निधनपश्चात् वैकुण्ठमा बास हुने धार्मिक विश्वास रहिआएको बूढानीलकण्ठ नारायणस्थान मठका महन्त स्वामी निगमानन्दले जानकारी दिए । “मन्दिरमा १२ फुट चौडाइ र २४ फुट लम्बाइको अलौकिक शिलामा मूर्ति छ । यो मूर्ति धर्म, संस्कृति, पुरातत्व र इतिहासको अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि पनि दिव्य स्थलका रूपमा लिन सकिन्छ”, उनले भने । शिलामा स्वयं प्रकट भएको भगवान्को यो रूप विश्वमै अद्वितीय मानिने भएकाले हरिबोधिनी एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने गरेको स्वामी निगमानन्दले बताए । मन्दिरमा नेपाली र भारतीय धार्मिक पर्यटकको आगमन बढी हुने गरेको छ । पशुपतिनाथको दर्शनमा आउने भारतीय धार्मिक पर्यटक बूढानीलकण्ठ मन्दिरमा पनि पुग्ने गरेका उहाँले विश्वास व्यक्त गरे । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म पाँचदिन बूढानीलकण्ठ मन्दिरमा लाखौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि पुग्ने गरेका छन् । यो मन्दिरमा हरि र हर अर्थात् विष्णु र शिव दुवै जना रहेकाले पनि यस्तो मूर्ति विश्वमा अन्यत्र कतै नभएको श्री बूढानीलकण्ठ नारायणस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर थापाले राससलाई जानकारी दिए। यो मन्दिर शैव र वैष्णवका लागि मात्र नभई बौद्ध र किराँत मार्गीका लागि पनि उत्तिकै पवित्र स्थलका रूपमा मानिन्छ । यसैले यो ठाउँ धार्मिक सहिष्ण्ॉताको अनुपम नमूना बनेको स्थानीयवासी रामबहादुर केसीले बताए । यी पाँचदिन उपत्यकाका चार नारायण भगवान्को दर्शन गर्न नसक्नेले बूढानीलकण्ठको मात्र दर्शन गरे पनि चारै नारायणको दर्शन गरे बराबरको फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको स्वामी निगमानन्दले बताए । यसो गरेमा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । एकै दिन चार नारायणको दर्शन गर्न नसक्नेले बूढानीलकण्ठ वा नारायणहिटी दरबार क्षेत्रमा रहेको नारायण मन्दिरमा पूजा, आराधना वा दर्शन गर्नाले पनि मनोकामना पूरा हुने धार्मिक विश्वास छ । “द्वापर युगमा मृत्यशथ्यामा रहेका बेला यही पाँच दिनको समयमा भीष्मले युधिष्ठिरलाई उपदेश दिएकाले कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको पाँच दिनलाई भीष्म पञ्चक पनि भनिन्छ । यो सयममा साधना गर्दा सजिलै ब्रह्मज्ञान प्राप्त हुने विश्वास पनि रहेको छ”, उनले भने। यसै अवसरमा श्री बूढानीलकण्ठ नारायणस्थान व्यवस्थापन समितिले मङ्सिर २ गतेदेखि ८ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु गरेको छ । यज्ञ शेष यहाँ सञ्चालित बूढानीलकण्ठ गुरुकुलको सञ्चालनका लागि खर्च गरिने पनि अध्यक्ष थापाले जानकारी दिए । विसं २०५७ देखि बूढानीलकण्ठ मन्दिर परिसरमा गुरुकुल सञ्चालनमा ल्याइएको हो । गुरुकुलमा हाल ५० जना वैदिक ज्ञानको अध्ययन गर्ने बटुक रहेको समितिले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम स्थापना गर्ने सहमति
Latest NewsJust now

जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम स्थापना गर्ने सहमति

काठमाडौँ, मङ्सिर ६ गते । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि (युएनएफसिसिसी) अन्तर्गत टर्कीएको अन्ताल्यामा भएको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) मा हिमाल तथा जलवाय... ...

गोरखापत्र
विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत
Latest NewsJust now

विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनामा बिरामी परेका करिब ६०० जना विभिन्न अस्पतालमा उपचाररत रहेको अधिकारीहरूले बताएका छन् । मणिपुरको चन्देल जिल्लास्थित चकपिकारोङ क्षेत्रमा उक्त घटना भएको हो । यो क्षेत्र राज्यको राजधानी इम्फालबाट करिब ७५ किलोमिटर दक्षिणमा पर्दछ । स्थानीय सरकारी अधिकारीका […] ...

लोकपथ
प्रधानमन्त्री बालेनलाई स्वागत गर्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रेड कार्पेट तयार
Latest NewsJust now

प्रधानमन्त्री बालेनलाई स्वागत गर्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रेड कार्पेट तयार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको तयारी गरिएको छ । प्रधानमन्त्री शाहलाई स्वागत गर्न विमानस्थलमा रेड कार्पेट बिछ्याइएको छ ।... ...

रातोपाटी
बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्यको कथा सर्वोत्कृष्ट
Latest NewsJust now

बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्यको कथा सर्वोत्कृष्ट

‘भोटेकोशीको सुसाहट’ शीर्षकको कथाका लागि आचार्यले दुई लाख पाए । ‘सपनाको अर्को रङ’ कथाका लागि मधुर भट्टराईले एक लाख रुपैयाँसहित द्वितीय र ‘अस्तित्वको अल्गोरिदम’ कथाका लागि सरस्वती सरसले ६० हजार रुपैयाँसहित तृतीय पुरस्कार प्राप्त गरिन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play