चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले नयाँ फाङ चेङ बाओ ताई ९ मोडल सार्वजनिक गरेको छ। ६ सिट क्षमताको यो हाइब्रिड एसयूभीमा एउटा अनौठो प्रविधि समावेश गरिएको छ। यसमा रहेको स्टेयरिङ ह्विललाई फोल्ड गरेर ड्यासबोर्डभित्र पूर्ण रूपमा लुकाउन सकिन्छ। सन् २०२६ नोभेम्बरमा चिनियाँ बजारमा सार्वजनिक गरिएको यो गाडी तीन संस्करणमा उपलब्ध छ। यसको मूल्य करिब ३४ हजारदेखि ४० हजार युरोसम्म छ। स्टेयरिङ ह्विललाई १८० डिग्रीसम्म घुमाएर १० सेकेन्डमै ड्यासबोर्डभित्र राख्न सकिन्छ। त्यसपछि विद्युतीय ढक्कन बन्द भएर स्टेयरिङ राखिएको ठाउँलाई समतल सतहमा परिणत गर्छ। टेलिग्राफका अनुसार यो सुविधा गाडी रोकिएको अवस्थामा मात्रै प्रयोग गर्न सकिन्छ। यसलाई चालकको सिटसँग पनि जोडिएको छ। चालकको सिटलाई १६५ डिग्रीसम्म पछाडि ढल्काउन सकिन्छ, जसले गाडीको भित्री भागलाई आराम गर्ने स्थानमा परिणत गर्छ। बीवाईडीका अनुसार यो प्रणालीमा मानव आकारका रोबोटका लागि विकास गरिएको मोटर प्रविधि प्रयोग गरिएको छ। कार्यक्षमताका हिसाबले यो एसयूभीमा १.५ लिटरको टर्बोचार्ज्ड इन्जिन र दुईवटा विद्युतीय मोटर छन्। यी सबैको संयुक्त क्षमता ५३६ हर्सपावर छ। यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ४.८ सेकेन्डमा हासिल गर्न सक्छ। यसमा रहेको ६६.४८ किलोवाट आवर क्षमताको ब्याट्रीले विद्युतीय शक्तिबाट मात्रै ३१० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। हाल यो मोडल चीनमा मात्रै उपलब्ध छ। अन्तर्राष्ट्रिय बजारमा कहिले सार्वजनिक हुन्छ भन्नेबारे भने कुनै जानकारी दिइएको छैन। The post बीवाईडीले सार्वजनिक गर्यो फोल्ड गरेर ड्यासबोर्डभित्र लुकाउन मिल्ने स्टेयरिङ भएको कार appeared first on Technology Khabar.
बीवाईडीले सार्वजनिक गर्यो फोल्ड गरेर ड्यासबोर्डभित्र लुकाउन मिल्ने स्टेयरिङ भएको कार

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






