Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

बीपी क्यान्सर अस्पताललाई अनुसन्धान केन्द्र बनाउन चीनसँग आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
बीपी क्यान्सर अस्पताललाई अनुसन्धान केन्द्र बनाउन चीनसँग आग्रह
Photo / Coverage: नेपालन्युज

काठमाडौं।राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रियस्तरको अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका रूपमा विकास गर्न चीन सरकारसँग सहयोग मागेका छन्। आइतबार काठमाडौंमा आयोजित ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी कार्यक्रममा उनले अस्पतालको पूर्वाधार र संस्थागत क्षमतालाई उपयोग गर्दै क्यान्सर उपचारसँगै अनुसन्धान, अध्ययन र विशेषज्ञ जनशक्ति उत्पादनको केन्द्र बनाउनु पर्ने बताए। प्रतिष्ठान स्थापनाका लागि आवश्यक प्राविधिक सहयोग, संस्थागत संरचना विकास, विशेषज्ञ जनशक्ति उत्पादन तथा शैक्षिक सहकार्यमा चीनको सहयोग आवश्यक रहेको उनको भनाइ थियो। नेपाल–चीन सहकार्यमा सन् १९९९ मा स्थापना भएको अस्पताल सुरुमा सय शय्याको रहेकामा अहिले पाँच सय शय्यामा विस्तार भएको छ। अस्पतालमा हाल १७औं चिनियाँ मेडिकल टोलीले विशेषज्ञ सेवा दिइरहेको छ। स्थापनादेखि हालसम्म २९९ जना चिनियाँ मेडिकल टोलीका सदस्यले सेवा प्रदान गरिसकेको दाहालले जानकारी दिए। उनले अस्पतालको विकासमा चीनले पुर्‍याएको भौतिक, प्राविधिक तथा आर्थिक सहयोगको प्रशंसा गर्दै यसले नेपाली स्वास्थ्यकर्मीको सीप विकास र उपचार सेवाको विस्तारमा समेत योगदान गरेको बताए। दाहालले निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र नेपाल–चीन परम्परागत चिकित्सा केन्द्रमार्फत भइरहेको स्वास्थ्य सहकार्यको पनि चर्चा गरे। उनले भूकम्प, कोभिड–१९ महामारी तथा भोटेकोशी बाढीका बेला चीनले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे। चिनियाँ चिकित्सकको सेवाभाव र समर्पणको प्रशंसा गर्दै उनले वृत्तचित्रले नेपाल–चीन मित्रता र स्वास्थ्य सहकार्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महँगो सावित हुँदै सस्तो प्रचार स्टन्ट : दर्शक तान्ने कि भड्काउने ?
Latest NewsJust now

महँगो सावित हुँदै सस्तो प्रचार स्टन्ट : दर्शक तान्ने कि भड्काउने ?

काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय दर्शकको ध्यान तान्न ‘प्रचार फन्डा’ अपनाउने चलन बढ्दो छ । तर, संवेदनशीलता र विषयवस्तु नबुझी गरिने यस्ता स्टन्टले फिल्मलाई फाइदाभन्दा घाटा पुग्ने गरेको... ...

रातोपाटी
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
Latest NewsJust now

बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन

काठमाडौं । इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान बहराइनमा विस्फोटका आवाज सुनिएका छन् । सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । एएफपीका अनुसार आइतबार बिहान स्थानीय समय करिब ४ बजे पहिलोपटक विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि […] ...

लोकपथ
विदेश भ्रमणको औचित्य पुष्टि गर्न सांसद संग्रौलाको माग
Latest NewsJust now

विदेश भ्रमणको औचित्य पुष्टि गर्न सांसद संग्रौलाको माग

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला संग्रौलाले सांसदहरूको विदेश भ्रमण उपलब्धिमूलक हुनुपर्ने बताएकी छन्। सामाजिक सञ्जालमार्फत उनले विदेश भ्रमणको विरोध नभई राज्य कोषबाट हुने खर्चको औचित्य पुष्टि हुनुपर्नेमा जोड दिएकी हुन्। देशको आर्थिक अवस्था कमजोर रहेका बेला जनताले तिरेको करबाट हुने भ्रमण घुमघाममा मात्र सीमित हुन नहुने उनको भनाइ छ। भ्रमणबाट प्राप्त हुने उपलब्धिबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने उनले उल्लेख गरेकी छन्। पार्टीभित्रैबाट ...

नेपालन्युज
थाइल्यान्डबाट ल्याएको २२ करोडको सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ
Latest NewsJust now

थाइल्यान्डबाट ल्याएको २२ करोडको सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

थाइल्यान्डबाट ल्याएको साढे पाँच किलोग्राम सेतो हेरोइनसहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।  नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट खटिएको टोलीले भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवराज टिघारेलाई पक्राउ गरेको हो। उनको साथबाट साढे पाँच किलोग्राम सेतो हेरोइन, ए... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play