Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

बिर्सने रोग डिमेन्शा पहिचानका लागि यूकेमा एआई परियोजना

Share:WhatsAppFacebookX (Twitter)Telegram
बिर्सने रोग डिमेन्शा पहिचानका लागि यूकेमा एआई परियोजना
Photo / Coverage: बीबीसी नेपाली

Getty Images

बिर्सने रोग 'डिमेन्शा' रोकथाम र पहिचानका लागि आर्टिफिशल इन्टेलिजन्श (एआई) र तथ्याङ्क प्रणाली विकास गर्न यूकेमा दुई करोड पाउन्ड खर्च गरेर अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ।

यूकेको एक्सिटर विश्वविद्यालयको नेतृत्वमा रहने 'ब्रेनिआक हब' लाई यूकेको एउटा अनुसन्धान संस्था र न्याश्नल हेल्थ सर्भिस 'एनएचएस'का साझेदारहरूले एक-एक करोड पाउन्ड अनुदान दिने घोषणा गरेका हुन्।

विश्वविद्यालयका अनुसार उक्त केन्द्रले मस्तिष्कको इमेजिङ, आनुवंशिक जानकारी, रक्तसम्बन्धी जैविक जानकारी र डिजिटल सङ्ज्ञानात्मक परीक्षणलाई संयोजन गर्ने एआई विकास गर्ने छ। यसले व्यक्तिको मस्तिष्क स्वास्थ्यको "एउटै स्पष्ट चित्र" तयार गर्न मद्दत गर्ने दाबी गरिएको छ।

डिमेन्शाको सङ्कट झेलिरहेको जापान र प्रविधिले सहारा दिन सक्ने सम्भावना

उमेर पाको हुँदै जाँदा रोगबारे बुझ्न शरीरको स्क्यान किन महत्त्वपूर्ण

यो अनुदान छ वर्षे परियोजनाका लागि प्रदान गरिएको हो, जसअन्तर्गत डिमेन्शाको पहिचान र रोकथामका लागि सुरुआती क्लिनिकहरू सन् २०२९ मा सञ्चालनमा आउने छन्। सुरुमा ती क्लिनिकमा एनएचएसमार्फत्‌ सिफारिस गरिएका व्यक्तिहरू मात्रै जाने छन्।

'निकै कठिन समस्या'

BBC

विश्वविद्यालयले ब्रेनिआक अर्थात् "एआईमा आधारित इन्जिनियरिङ प्रविधिमा आधारित आउने पुस्ताका लागि मस्तिष्क स्वास्थ्य क्लिनिक" ले छ वर्षको अवधिमा ११ वटा विश्वविद्यालय र १० वटा एनएचएस केन्द्रलाई एकै ठाउँमा ल्याउने जनाएको छ।

परियोजनामा यूकेभरिका १० वटा मस्तिष्क स्वास्थ्य क्लिनिक सहभागी हुने छन्। डिमेन्शाको पहिचान, रोकथाम र उपचारका प्रभावकारी उपायबारे अनुसन्धान गर्न यो विश्वकै ठूला अनुसन्धान निकायमध्येको एक बन्ने लक्ष्य राखिएको छ।

यी क्लिनिकहरूले डिमेन्शाको जोखिम घटाउने र रोग पहिचान हुन लाग्ने समय आधा घटाउने लक्ष्य राखेका छन्।

ब्रेनिआकका निर्देशक तथा विश्वविद्यालयको मेडिकल स्कुलका क्लिनिकल एपिडेमियोलोजी र डिजिटल स्वास्थ्य विषयका प्राध्यापक डेभिड लुवेलिन सुरुआती चरणमै रोक पहिचान गर्नु "सबैभन्दा कठिन समस्या" भएको बताउँछन्।

"यी एनएचएस क्लिनिकमार्फत्‌ हामीले विकास गर्ने उपकरणले लक्षण देखिनुअघि नै सुरुआती सङ्केत पहिचान गर्न मद्दत गर्ने छ। यसले मानिसहरूलाई आफ्नो मस्तिष्क लामो समयसम्म स्वस्थ राख्ने उपायहरू पनि सुझाउँछ," लुवेलिन भन्छन्।

च्याउ खाँदा मस्तिष्क क्षय हुने जोखिम घट्न सक्छ

बिर्सने रोग डिमेन्सिया व्यवस्थापन गर्ने उपायहरू

एक्सिटर विश्वविद्यालयका अनुसार यूकेमा करिब ९ लाख ८२ हजार मानिस डिमेन्शासँग सङ्घर्ष गरिरहेका छन्।

विश्वविद्यालयले सन् २०४० सम्म यो सङ्ख्या १४ लाख पुग्ने र यसको उपचारमा थपिने वार्षिक आर्थिक भार पनि दोबरभन्दा धेरैले बढेर ९० अर्ब पाउन्ड पुग्ने आकलन गरेको छ।

यूके रिसर्च एन्ड इनोभेशन (यूकेआरआई) ले यसका लागि ८ करोड पाउन्डसम्म अनुदान दिने प्रतिबद्धता जनाएको विश्वविद्यालयले बताएको छ।

यो अनुदानबाट सन् २०२९ सम्म डिमेन्शाको आशङ्कामा परीक्षणका लागि सिफारिस गरिएका ९२ प्रतिशत व्यक्तिहरूलाई १८ साताभित्र रोग पहिचानमा गर्न सक्ने प्रविधिको विकास गर्ने लक्ष्य राखिएको छ।

प्रारम्भिक चरणमै पहिचान हुने अपेक्षा

BBC

ब्रेनिआकले मूल्याङ्कन र पहिचान प्रक्रियालाई ३० देखि ५० प्रतिशतसम्म छिटो बनाउने लक्ष्य राखेको छ। साथै उच्च जोखिममा रहेका ४० प्रतिशतभन्दा बढी व्यक्तिमा लक्षण देखिनुअघि नै रोगको पहिचान गर्ने उद्देश्य पनि राखिएको छ।

परियोजनाका उपनिर्देशक, विश्वविद्यालयको मेडिकल स्कुलका क्लिनिकल मनोचिकित्सा विषयका प्राध्यापक तथा चिकित्सक क्रिस फक्सले प्रारम्भिक चरणमै रोग पहिचान भएको अवस्थामा मात्र हाल उपलब्ध उपचारहरू प्रभावकारी हुने बताए।

"ब्रेनिआकले एनएचएसलाई ठूलो स्तरमा आवश्यक उपकरण उपलब्ध गराउनेछ। ती उपकरण बिरामी र स्वास्थ्यकर्मीको सहभागितामा सुरुदेखि नै डिजाइन गरिने छन्, जसका कारण व्यस्त क्लिनिकमा पनि तिनको प्रभावकारी रूपमा प्रयोग गर्न सकियोस्," फक्स भन्छन्।

परियोजनामा केम्ब्रिज, अक्सफर्ड, न्यू क्यासल, स्वान्जी र इम्पेरिअल कलेज लन्डन लगायतका विश्वविद्यालय संलग्न छन्। डिमेन्शा यूके र अल्जाइमर्स सोसाइटीजस्ता संस्थाहरू पनि यसमा सहभागी छन्।

ब्रेनिआक यूकेभरि स्थापना गरिने पाँच नयाँ अनुसन्धान केन्द्रमध्ये एक हो।

के डीएनए परीक्षणबाट प्रेमी/प्रेमिका खोज्न सकिन्छ?

लगभग हरेक सङ्क्रमण पत्ता लगाउने आनुवंशिक प्रविधि

यूकेआरआईअन्तर्गतको इन्जिनियरिङ एन्ड फिजिकल साइन्सेस रिसर्च काउन्सिलकी कार्यकारी अध्यक्ष प्राध्यापक शार्लोट डिन यी पाँच केन्द्रले "मानिसहरूको जीवन सुधार ल्याउने" बताउँछिन्।

"हाम्रा यसअघिका केन्द्रहरूको सफलता प्रमाणित गरिसकेका छन्। तीनले अत्याधुनिक अनुसन्धानलाई व्यावहारिक लाभमा रूपान्तरण गरिसकेका छन्। विश्वकै पहिलो एआईको सहयोगमा मस्तिष्क ट्यूमर शल्यक्रिया सहितका स्वास्थ्य सेवामा नवीन उपलब्धि हासिल गरेका छन्। त्यसकै जगमा यसले काम गर्ने छ," डिन भन्छिन्।

मानिसहरूलाई अहिले भन्दा स्वस्थ जीवन बिताउन र रोग लाग्नुअघि नै रोकथामको उपाय खोजी गरिने प्राध्यापक डिनको वाचा छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहेँलपुर तोरीबारी
Latest NewsJust now

पहेँलपुर तोरीबारी

काभ्रेपलान्चोकको पनौती नगरपालिका–९ स्थित सुनथानमा फुलेर पहेँलपुर बनेको तोरीबारी। ...

हाम्राकुरा
साउदीको दुःख भुल्न गाउँमै उद्यम : २५ रोपनीमा लटरम्म किवी
Latest NewsJust now

साउदीको दुःख भुल्न गाउँमै उद्यम : २५ रोपनीमा लटरम्म किवी

बागलुङ । बसाइँसराइले गाउँ सुनसानप्रायः छ । वरपरका टोल र छिमेकी पनि गाउँ छाडेर सहर झर्न थालेका छन् । तर, बागलुङको जैमिनी नगरपालिका–२, दमेकका मातृकाप्रसाद शर्मा भने गाउँमै अडिएका छन् । साउदी... ...

रातोपाटी
खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद
Latest NewsJust now

खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद

सिरहा । सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलो ८०० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । सिरहा र सप्तरी जिल्लाको सिमानामा पर्ने बलान खोलाको बीचमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play