झापा । झापाको बिर्तामोडस्थित एक होटलबाट युवतीसहित तीन जना पक्राउ परेका छन् । गैरकानुनी गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले बिर्तामोड नगरपालिका–१ अधुवा खोलानजिकै रहेको झरना होटल एन्ड लजमा छापा मार्दा उनीहरू पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले गएराति १० बजेर ४५ मिनेटमा होटलमा छापा मारेको थियो । चेकजाँचका क्रममा होटल सञ्चालकसहित तीन जनालाई शंकास्पद अवस्थामा फेला पारेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा होटल सञ्चालक बिर्तामोड नगरपालिका–२ का ३५ वर्षीय खगेन्द्र खड्का, इलामको फाकफोकथुम गाउँपालिका–१ का २३ वर्षीय सुजन थापा र भारतको खर्साङकी २२ वर्षीया प्रास्ना क्षेत्री रहेका छन् । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।
बिर्तामोडको होटलमा प्रहरी छापा, सञ्चालकसहित तीन जना पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






