बिर्तामोडको बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । बिहीबार बिहान करिब ४: १० बजे विद्युत् सर्ट भएर आगलागी हुँदा गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको हो । उनी उक्त क्यान्टिनमा काम गर्दै आएका थिए । ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा रवि राजवंशीले सञ्चालन गरेको ग्यारेजको क्यान्टिनमा आगलागी भएको प्रहरीले जनाएको छ । दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४: ३० बजे आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट क्यान्टिनमा रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र एक लाख रुपैयाँ नगद जलेर नष्ट भएका छन् । प्रारम्भिक विवरणअनुसार क्यान्टिनमा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायल्सको गोदाममा समेत सामान्य आगलागी भएको थियो । घटनामा भएको थप क्षतिको विवरण संकलन भइरहेको र आगलागीबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । The post बिर्तामोडको बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको १७ अर्ब कहाँ खर्च हुँदै छ ?
• भोटेकोशी–त्रिशूली बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ, तर हालसम्म एक अर्ब रुपैयाँ मात्र निकासा गरिएको छ। • राहत वितरण, सडकको ट्र्याक खोल्ने र उद्धारका सामग्री खरिदमा रकम खर्च भइरहेको छ, र कोषको रकम पारदर्शी रूपमा खर्च गरिने आश्वासन दिइएको छ। • पुनर्निर्माणका लागि आवश्यक रकम कोषमा जम्मा भएको रकमभन्दा धेरै बढी ...

एक सातामा ३० प्रकारका वनस्पतिजन्य खानेकुरा खाँदा के हुन्छ?
• एक सातामा ३० प्रकारका वनस्पतिजन्य खानेकुरा खाने लक्ष्य स्वास्थ्यप्रति सचेत मानिसहरूबीच लोकप्रिय हुँदै गएको छ, जसले आन्द्राको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ। • विभिन्न अध्ययनहरूले वनस्पतिजन्य खानेकुराको विविधता आन्द्रामा सूक्ष्मजीव समुदायको विविधता बढाउन मद्दत गर्ने र समग्र स्वास्थ्यमा सुधार ल्याउने संकेत गरेका छन्। • ३० प्रकारको लक्ष्य अनिवार्य नभएर स्वास्थ्य लाभका लागि व्यावहारिक मापदण्डको रूपमा लिइनु पर्छ, र २०-२५ ...

वेब प्रणालीमा साइबर सुरक्षा जोखिमबारे एससीएससीले जारी गर्यो नयाँ एड्भाइजरी
काठमाडौँ । वेबसाइट तथा अनलाइन प्रणालीमा गम्भीर साइबर सुरक्षा जोखिम भेटिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्र(एससीएससी) ले वेब प्रणालीहरूमा प्रयोग हुने पीएचपी सफ्टवेयरमा गम्भीर सुरक्षा कमजोरी फेला पारेको हो । यो... ...

सरायको लयमा पहाड-तराई : शक्तिपीठहरूमा सांस्कृतिक उत्सव
दसैंको टीकाको भोलिपल्टदेखि पूर्णिमासम्म सराय नाचिन्छ । खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाच्ने परम्परा छ । ...


