बंगलादेशमा एक युवकले व्यस्त सडकमा सवारीसाधन रोकेर बिरालोको बच्चाको ज्यान बचाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । ती युवकले देखाएको मानवीय व्यवहारको अहिले चौतर्फी प्रशंसा भइरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक युवक मोटरसाइकल चलाइरहेका बेला सडक पार गर्न खोजिरहेको बिरालोको सानो बच्चा देख्छन् । सवारीसाधनको चापबीच जोखिममा परेको बिरालो देखेपछि उनी तत्काल मोटरसाइकल रोकेर त्यसलाई बचाउन अघि बढ्छन् । रदवान नाम गरेका ती युवकले सडकमा आइरहेका सवारीसाधनलाई रोक्न संकेत गर्छन् । तर, डराएको बिरालोको ...
बिरालोको बच्चा बचाउन बीच सडकमै मोटरसाइकल रोके, युवकको प्रशंसामा सामाजिक सञ्जाल

Read Complete Original Article
Published originally on फरकधार






