Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

बिपी प्रतिष्ठानमा बिचौलिया नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बिपी प्रतिष्ठानमा बिचौलिया नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन
Photo / Coverage: केन्द्रबिन्दु

सुनसरी । गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे । त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए । उनले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न निर्देशन दिए । त्यसअवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार राईलगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए । त्यसक्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए । उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन भयो । यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरेका छन् । उनीआजै इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पर्सामा लागूऔषध ओसारपसार रोकिएन, कात्तिकमा १७ जना पक्राउ
Latest NewsJust now

पर्सामा लागूऔषध ओसारपसार रोकिएन, कात्तिकमा १७ जना पक्राउ

कात्तिकमा प्रहरीले ३८ किलो गाँजा, ६५ ग्राम ८५८ मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरेको हो। ...

कान्तिपुर
बीपी प्रतिष्ठानमा गृहमन्त्रीको अनुगमन, बिचौलियाको प्रभावबारे चासो
Latest NewsJust now

बीपी प्रतिष्ठानमा गृहमन्त्रीको अनुगमन, बिचौलियाको प्रभावबारे चासो

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै गृहमन्त्री सुधन गुरुङले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउनेजस्ता गतिविधि नियन्त्रण गर्न निर्देशन दिए । ...

कान्तिपुर
३×३ महिला बास्केटबलमा कर्णाली फाइनलमा, एक पदक पक्का
Latest NewsJust now

३×३ महिला बास्केटबलमा कर्णाली फाइनलमा, एक पदक पक्का

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३×३ महिला बास्केटबलमा कर्णाली प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ११–१० अङ्कले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा कर्णालीले... ...

रातोपाटी
गृहमन्त्रीद्वारा बिपी प्रतिष्ठानको अनुगमन, बिचौलिया नियन्त्रण गर्न निर्देशन
Latest NewsJust now

गृहमन्त्रीद्वारा बिपी प्रतिष्ठानको अनुगमन, बिचौलिया नियन्त्रण गर्न निर्देशन

सुनसरी । गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै बिरामीको सुरक्षा र स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । अनुगमनका क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा बिचौलियाको सम्भावित प्रभावबारे जानकारी लिएका थिए । उनले बिरामीको हितलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रवाह गर्न […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement