Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त

बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक बिनोदकुमार दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृत (चिफ अपरेटिंग अफिसर) मा नियुक्त भएका छन् । मलेसियाली क्रिकेट सङ्घले मंगलबार उनको नियुक्ति घोषणा गरेको हो । करिब ३० वर्षको क्रिकेट अनुभव भएका दासले नेपाली राष्ट्रिय टोलीको कप्तान, प्रशिक्षक तथा क्रिकेट प्रशासकका रूपमा काम गरिसकेका छन्। उनी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रशिक्षक प्रशिक्षकसमेत हुन् । मलेसियाली क्रिकेट सङ्घमा आबद्ध हुनुअघि उनी नेपाल क्रिकेट सङ्घमा क्रिकेट सञ्चालन व्यवस्थापकका रूपमा कार्यरत थिए । उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् र एसियाली क्रिकेट परिषद्का विभिन्न प्रतियोगितामा प्रतियोगिता निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए । नेपाली महिला राष्ट्रिय टोली र पुरुष १९ वर्षमुनिको टोलीका पूर्वप्रशिक्षकसमेत रहेका दासले मलेसियाली क्रिकेटको उच्च प्रदर्शन, राष्ट्रिय टोलीको सुदृढीकरण र अन्तर्राष्ट्रिय वरीयता सुधारमा काम गर्नेछन् । मलेसियाली क्रिकेट सङ्घका अध्यक्ष महिन्दा वल्लिपुरमले दासको अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक ज्ञानले मलेसियाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । The post बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
ताजा खबरJust now

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

वासिङटन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व संकटमा पर्ने चेतावनी दिएका छन्। उनले फ्रान्ससहित युरोपका विभिन्न देशमा देखिएको अशान्तिको मुख्य कारण आप्रवासन भएको दाबी गरेका छन्। ह्वाइट हाउस बाहिर सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्सको समस्या शिक्षा वा घरेलु नीतिसँग नभई आप्रवासनसँग सम्बन्धित रहेको बताए। उनले फ्रान्सेली राष्ट्रपति इमानुएल ...

नेपालन्युज
खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि हो: वरिष्ठ सेफ केसी
ताजा खबरJust now

खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि हो: वरिष्ठ सेफ केसी

खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि खानुपर्दछ भनिन्छ। किनभने जिब्रोलाई मिठोमात्र लाग्ने खानाले स्वास्थ्यमा सधैँ राम्रै गर्छ भन्ने हुँदैन। मानिसमा प्रायः कुन खानाले आफ्नो शरीरलाई के कस्तो असर या राम्रो गर्छ भन्ने ज्ञान हुन्छ। तर पनि स्वादका लागि र जिब्रोका लागि खाने गरेका हुन्छन्। त्यसैले पछिल्लो समय मिठो भन्दा पनि स्वस्थ एवं सन्तुलित खानाको सूची बनाए... ...

नेपालखबर
दसैंजस्तो नहुने दसैं
ताजा खबरJust now

दसैंजस्तो नहुने दसैं

कामको अत्यधिक चाप हुने चाडबाडको समयमा पनि घरमा महिलालाई सघाउने हातहरू हुँदैनन् भने कस्तो परिवार र केको उल्लास! ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play