Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

बिग मुभिज अब अत्याधुनिक प्रविधिसहित नयाँ स्वरूपमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बिग मुभिज अब अत्याधुनिक प्रविधिसहित नयाँ स्वरूपमा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । पहिलो मल्टिप्लेक्स बिग मुभिजले अत्याधुनिक प्रविधि र सुविधासहित हलको पुनर्निर्माण तथा स्तरोन्नति गरेको छ । कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले अत्याधुनिक दृश्य प्रविधि, थ्रीडी इमर्सिभ साउन्ड सिस्टम, लक्जरी सिटिङ र आकर्षक वातावरणसहित दर्शकलाई अन्तर्राष्ट्रिय स्तरको सिनेमा अनुभव प्रदान गर्ने जनाएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा बिग मुभिजका अध्यक्ष राजेन्द्र अर्यालले ‘एक्सपेरियन्स सिनेमा, एक्सपेरियन्स द डिफरेन्स’ भन्ने मूल नारासहित हलको स्तरोन्नति गरिएको जानकारी दिए । चलचित्र हेर्ने अनुभवलाई ध्वनि, दृश्य, आराम र वातावरणसहितको पूर्ण मनोरञ्जनात्मक अनुभव बनाउने उद्देश्य रहेको उनको भनाइ छ । दृश्य प्रविधितर्फ बिग मुभिजले युरोपेली ब्रान्ड बार्कोको अत्याधुनिक फोरके आरजीबी लेजर प्रोजेक्टर जडान गरेको छ भने बार्को एसपीफोरके–२० सी (सिरिज ४) स्मार्ट लेजर प्रोजेक्टरमा २१ हजार लुमेन्सको ब्राइटनेस र नेटिभ फोरके रिजोलुसन रहेको छ । वास्तविक र उच्च गुणस्तरका रङहरूको संयोजनका लागि प्रोजेक्टरले ९८.५ प्रतिशतभन्दा बढी आरईसी २०२० तथा डीसीआई–पी३ कलर स्पेस सपोर्ट गर्ने प्रविधि समेटेको छ । यसबाट पर्दामा चलचित्रका दृश्यहरू प्राकृतिक रङ र सूक्ष्म विवरणसहित प्रस्तुत हुने अपेक्षा गरिएको अध्यक्ष अर्यालले बताए । ध्वनि प्रविधिमा पनि बिग मुभिजले विशेष ध्यान दिएको छ । हलमा ६४ च्यानलको डल्बी एट्मस प्रविधिमा आधारित थ्रीडी इमर्सिभ साउन्ड सिस्टम जडान गरिएको अध्यक्ष अर्यालले बताए। हलमा २२ इन्चका २५५ वटा ‘च्याम्पियन सिरिज’ थिएटर कुर्सी जडान गरिएको छ । एड्भान्स एर्गोनोमिक डिजाइन, रिच ल्यामिनेटेड फेब्रिक र थ्री–पोजिसन लकिङ सुविधासहितका यी कुर्सीले दर्शकलाई लामो समयसम्म चलचित्र हेर्दा पनि सहजता प्रदान गर्नेछन्। हलको समग्र वातावरणलाई समेत नयाँ स्वरूप दिइएको छ । नयाँ कार्पेटिङ, ध्वनि नियन्त्रणमा सहयोग गर्ने एकोस्टिक वाल कभरिङ र आधुनिक लाइटिङ व्यवस्थासहित हललाई आकर्षक तथा सुविधासम्पन्न बनाइएको कम्पनीले जनाएको छ। The post बिग मुभिज अब अत्याधुनिक प्रविधिसहित नयाँ स्वरूपमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उदयपुरमा धान उत्पादनमा वृद्धि हुने अनुमान
Latest NewsJust now

उदयपुरमा धान उत्पादनमा वृद्धि हुने अनुमान

बिन्द्र वाम्बुले राईउदयपुर, कातिक १७ गते । उदयपुरमा गत बर्षको तुलनामा यस बर्ष बर्षे धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । जिल्लाको त्रियुगा, बेलका, कटारी चौदण्डीगढी लगायत विभ... ...

गोरखापत्र
साउदी अरबमा हुने एसियन कप फुटबल स्थगित
Latest NewsJust now

साउदी अरबमा हुने एसियन कप फुटबल स्थगित

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौती र हुथी विद्रोही आक्रमणपछि पछिल्लो केही सातायता साउदी अरबमा हुने विभिन्न खेलकुद प्रतियोगिता रद्द तथा स्थगित हुँदै आएको छ । ...

कान्तिपुर
जवाफदेहिता अभिवृद्धि गर्न कार्यसम्पादन सम्झौता
Latest NewsJust now

जवाफदेहिता अभिवृद्धि गर्न कार्यसम्पादन सम्झौता

अनिल पराजुली हेटौँडा, कात्तिक १७ गते । बागमती प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले संस्थागत जवाफदेहिता अभिवृद्धि र निर्धारित लक्ष्य समयमै हासिल गर्ने उद्देश्यले मा... ...

गोरखापत्र
कार्यभार सम्हाल्न नेपालका लागि भारतीय राजदूत दलेला काठमाडौँमा [तस्बिरसहित]
Latest NewsJust now

कार्यभार सम्हाल्न नेपालका लागि भारतीय राजदूत दलेला काठमाडौँमा [तस्बिरसहित]

नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौँ आइपुगेका छन् । उनी आफ्नो कार्यभार सम्हाल्न आज काठमाडौँ आएका हुन् । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play