आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा एक जना बम्बर उपहार विजेता र १५ जना विजेता घोषणा गरिएको हो । विभागका अनुसार १० लाख रुपैयाँ पाउने विजेतामा कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ । जस अनुसार १० लाखको पुरस्कार बिगमार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका गौरीशंकर पण्डितले जित्न सफल भएका छन् । उनलाई क्रिकेट खेलाडी ललित राजवंशीले पुरस्कार जितेको जानकारी गराएका थिए । त्यस्तै अन्य १५ जनाले रु एक/एक लाख पुरस्कार जितेका छन् । त्यसैगरी, १५ जनाले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गरेका छन् ।
बिग मार्टबाट ४१५ रुपैयाँको सामान किनेका पण्डितले जिते १० लाखको बम्पर पुरस्कार

Read Complete Original Article
Published originally on पर्दाफास






