एजेन्सी । भोजपुरी तथा टेलिभिजन क्षेत्रकी चर्चित अभिनेत्री मोनालिसा आफ्नो ग्ल्यामरस लुकका कारण फेरि चर्चामा आउनुभएको छ । ४३ वर्षको उमेरमा पनि आफ्नो सौन्दर्य र आकर्षक व्यक्तित्वलाई कायम राख्नुभएकी उहाँले हालै सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्वीरले प्रशंसकको ध्यान खिचेको छ । अभिनेत्री मोनालिसाले इन्स्टाग्राममा पीच रङको मोनोकनी लगाएका केही तस्वीर सार्वजनिक गर्नुभएको छ । तस्वीरमा उहाँ पूल किनारमा रमाउँदै गरेको देखिनुहुन्छ । कतिपय तस्वीरमा समुद्र किनारमा बसेर पोज दिनुभएको छ भने केहीमा उभिएर क्यामेरासामु आत्मविश्वासका साथ प्रस्तुत हुनुभएको छ । उहाँको आकर्षक पहिरन र आत्मविश्वासपूर्ण शैलीलाई प्रशंसकले निकै रुचाएका छन् । तस्वीर सार्वजनिक गर्दै उहाँले ‘आफ्नो बाटो आफैं बनाउँदै’ भन्ने आशयको क्याप्सन लेख्नुभएको छ । साथै उहाँले नजर नलागोस् भन्ने संकेत गर्ने इमोजीसमेत राख्नुभएको छ । मोनालिसाको उक्त पोष्टमा प्रशंसकहरूले प्रशंसाका शब्द खर्चिएका छन् । कतिपयले उहाँलाई ‘परी’ भन्दै प्रतिक्रिया दिएका छन् भने अन्यले उहाँको व्यक्तित्व र बीच लुकको तारिफ गरेका छन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने मोनालिसाले आफ्नो व्यक्तिगत जीवनशैली, घुमफिर र फेसनसँग सम्बन्धित तस्वीर तथा भिडियो नियमित रूपमा सार्वजनिक गर्दै आउनुभएकी छ । उहाँका पूल र बीच लुकका तस्वीरले यसअघि पनि सामाजिक सञ्जालमा चर्चा पाउँदै आएका छन् । यी अभिनेत्रीले भोजपुरी र हिन्दी दुवै सिनेमामा अभिनय गर्नुभएको छ । उहाँले ‘मेरी लाइफ मे उसकी वाइफ’ र ‘लभ गुरु’ जस्ता हिन्दी चलचित्रहरूमा उहाँले अभिनय गर्नुभएको छ । अन्तरा विश्वासका नामले बढी चिनिने यी अभिनेत्री टेलिभिजन कार्यक्रम ‘बिग बोस १०’ मा देखा पर्नुभएको थियो ।
बिकिनीमा बोल्ड लुक्समा भोजपुरी अभिनेत्री मोनालिसा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






