Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

बालेनकी दिदीले भनिन्– ‘नेपाल–भारतको रोटी–बेटी सम्बन्धले आत्मीयता अझ प्रगाढ बनाउँछ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेनकी दिदीले भनिन्– ‘नेपाल–भारतको रोटी–बेटी सम्बन्धले आत्मीयता अझ प्रगाढ बनाउँछ’
Photo / Coverage: केन्द्रबिन्दु

नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) की दिदी सुजाता शाहले नेपाल र भारतबीचको सदियौँ पुरानो ‘रोटी–बेटी’ सम्बन्धले दुई देशको आत्मीयता थप प्रगाढ बनाउने बताएकी छन्। उनले प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा सुरु भएको रेलमार्गलाई दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा व्याख्या गरेकी छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले भारतको राजकीय भ्रमण सम्पन्न गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै भारतको कर्नाटकमा विवाह गरेकी सुजाताले कला र मानवीय भावनालाई कुनै पनि देशको सीमाले बाँध्न नसक्ने बताएकी हुन्। उनले नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक तथा कूटनीतिक तहमा मात्र सीमित नभई पारिवारिक, सांस्कृतिक र भावनात्मक रूपमा समेत जोडिएको उल्लेख गरिन्। नेपाल र भारतबीच पुस्तौँदेखि वैवाहिक सम्बन्ध कायम रहँदै आएको स्मरण गर्दै उनले यसलाई दुई देशबीचको आत्मीयता बढाउने माध्यमका रूपमा लिएकी छन्। त्रेतायुगमा नेपालकी सीता र भारतका रामबीच विवाह भएको प्रसंग उल्लेख गर्दै सुजाताले विगतमा एक देशबाट अर्को देशमा विवाह गर्नु सामान्य चलन रहेको बताइन्। अहिले पनि अन्तरदेशीय विवाहलाई ठूलो मुद्दा बनाउन नहुने उनको धारणा छ। यस्ता सम्बन्धले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने उनले बताएकी छन्। प्रधानमन्त्री बालेनको भ्रमणका क्रममा सुरु भएको रेलमार्गको प्रशंसा गर्दै उनले यसलाई नेपाल र भारत सदियौँदेखि पवित्र सूत्रमा बाँधिएका छन् भन्ने सन्देश दिने सकारात्मक कदम भनेकी छन्। रेलमार्गको सुरुवातले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ ढंगले जोडेको उनको भनाइ छ। त्यस्तै, नेपाल र भारतका धर्म, परम्परा तथा संस्कृति कतिपय पक्षमा समान रहेको उल्लेख गर्दै उनले दुवै देशका नेतृत्वले ‘हामी एक हौँ’ भन्ने उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताइन्। मानवीय जीवन र सामाजिक सद्भावबारे आफ्नो धारणा राख्दै सुजाताले ‘बाँचौँ र बाँच्न दिऔँ, खुसी रहौँ र खुसियाली फैलाऔँ’ भन्ने भावनालाई आत्मसात् गर्नुपर्ने बताएकी छन्। आफ्नो वरपर शान्तिपूर्ण वातावरण कायम राख्नु नै सबैभन्दा ठूलो धर्म भएको उनको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प
Latest NewsJust now

ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा आसपास केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा महसुस भएको थियो। The post ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and ...

कर्पोरट खबर
मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, २८ वर्षमा २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
Latest NewsJust now

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, २८ वर्षमा २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा

काठमाडौँ । नेपालको पहिलो व्यवसायिक केबलकार ‘मनकामना केबलकार’ आफ्नो २८औँ वर्षको सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । विसं. २०५५ साल मङ्सिर ८ गते (सन् १९९८ नोभेम्बर २४) देखि सञ्चालनमा आएको यस केबलकारले आज आफ्नो स्थापनाको २८ वर्ष पूरा गरेको हो । चितवन को–इ समूह अन्तर्गतको मनकामना दर्शन प्रा.लि. द्वारा सञ्चालित केबलकारले सञ्चालनमा आएदेखि हालसम्म २ करोड १२ लाखभन्दा बढी ...

टक्सार
बैतडीका दुई पालिकामा सार्वजनिक बिदा
Latest NewsJust now

बैतडीका दुई पालिकामा सार्वजनिक बिदा

कैलाली । बैतडीका दुई पालिकाले मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका छन्। जिल्लाका दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाले मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका हुन् । दुवै स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै... ...

रातोपाटी
तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन
Latest NewsJust now

तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन

म्याग्दी। तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाको जीवन अहिले फेरिएको छ। मजदुरी गरेर गुजारा चलाउनुपर्ने अवस्थाबाट व्यावसायिक र अगुवा किसान बनेका बानियाको तीन दशक लामो कृषि यात्राले स्थानीय स्तरमै श्रम र उद्यममार्फत आर्थिक आत्मनिर्भरता हासिल गर्न सकिने सन्देश दिएको छ। विसं २०५२ मा लुम्लेमा कृषि तालिम लिएपछि उहाँले व्यावसायिक तरकारी खेती सुरु गरेका थिए। सुरुमा ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement