Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

बालुवा–गिट्टी कुटेर बाल्यकाल बिताएको झुप्रा खोलामा शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालुवा–गिट्टी कुटेर बाल्यकाल बिताएको झुप्रा खोलामा शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ। बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आफ्नै जन्मभूमि झुप्रा खोलामा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई लिएर पुगेकी छिन्। शनिबार बेलुका आफ्नो बाल्यकालका पीडा, अभाव र सङ्घर्षसँग जोडिएको बस्तीमा पुगेर मन्त्री बादीले स्थानीय समुदायले भोगिरहेका समस्या र आवश्यकताबारे शिक्षामन्त्रीलाई प्रत्यक्ष जानकारी गराएकी हुन्। कुनै समय जीवन गुजार्न बालुवा–गिट्टी कुटेको त्यही ठाउँमा मन्त्रीका रूपमा फर्किएकी बादीले स्थानीय दाजुभाइ तथा दिदीबहिनीसँग भेटघाट गर्दै उनीहरूका समस्या र अपेक्षा सुनेकी छिन् । उनले यो भ्रमण जन्मभूमि पुग्ने औपचारिक कार्यक्रम मात्र नभई आफूले भोगेका सङ्घर्ष र स्थानीयले अहिले पनि भोगिरहेका कठिनाइ राज्यका जिम्मेवार निकायसमक्ष पुर्‍याउने अवसर भएको बताइन्। छलफलका क्रममा विद्युत्, खानेपानी, शिक्षा, रोजगारी, बस्ती व्यवस्थापन र आधारभूत पूर्वाधारका समस्या प्रमुखताका साथ उठेका थिए। खोलाको किनारमा जोखिमपूर्ण अवस्थामा रहेको बस्तीका नागरिकले वर्षौंदेखि आधारभूत सेवाको अभाव र आर्थिक कठिनाइ भोग्दै आएको बताएका थिए। पुस्तौँदेखि जीविकोपार्जनको आधार बनेको बालुवा–गिट्टी कुट्ने पेसा बन्द भएपछि धेरै परिवारको आम्दानीको मुख्य स्रोत गुमेको र वैकल्पिक रोजगारी नहुँदा दैनिक जीवनयापनसमेत कठिन बनेको स्थानीयले सुनाएका थिए। भेटघाटमा बादी समुदायका बालबालिकाको शिक्षामा पहुँचको विषयले विशेष प्राथमिकता पाएको थियो। जन्मदर्ता नहुँदा १५ जना बालबालिका शिक्षाको अवसरबाट प्रभावित भइरहेको विषयमा मन्त्री बादीले शिक्षामन्त्री पोखरेलको ध्यानाकर्षण गराइन् । त्यसप्रति चासो व्यक्त गर्दै शिक्षामन्त्री पोखरेलले ती बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित गर्न आवश्यक सहजीकरण र पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी, स्थानीय महिलाको आर्थिक अवस्था सुधार र आत्मनिर्भरताका लागि सीप विकास तथा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने विषय पनि उठेको थियो। मन्त्री बादीले झुप्रा खोलाका महिलालाई लक्षित गरी छिट्टै सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइन्। तालिमलाई व्यावहारिक सीप, स्वरोजगार र दिगो आयआर्जनसँग जोडेर महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उनको भनाइ थियो। आफ्नै विगत र जन्मभूमिको अवस्थालाई स्मरण गर्दै मन्त्री बादीले सत्ता र जिम्मेवारीको वास्तविक अर्थ जनताको जीवनसँग जोडिँदा मात्र सार्थक हुने बताइन् । आफ्नो विगत कहिल्यै नबिर्सी त्यही सङ्घर्षबाट सिकेको अनुभवलाई सामाजिक परिवर्तनको शक्तिमा बदल्ने उनको प्रतिबद्धता छ । झुप्रा खोलाका हरेक बालबालिकाले शिक्षा पाउने, महिलाले आत्मनिर्भर बन्ने अवसर प्राप्त गर्ने र प्रत्येक परिवारले सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्। शिक्षा, रोजगारी, आधारभूत पूर्वाधार र जीविकोपार्जनसँग जोडिएका स्थानीयका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र आवश्यक पहल गर्ने मन्त्री बादीले बताइन्। बाल्यकालमा अभाव र सङ्घर्ष भोगेको बस्तीमा फर्केर स्थानीयका समस्या समाधानका लागि दुई मन्त्रीबिच प्रत्यक्ष छलफल र समन्वय गराउने उनको यो पहल जन्मभूमिप्रतिको जिम्मेवारीसँग जोडिएको छ। भ्रमणमा प्रधानमन्त्रीका मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र प्रतिनिधिसभा सदस्य तारा विश्वकर्माको समेत उपस्थिति रहेको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जाजरकोटको नलगाडमा एमालेको अभिमुखीकरण अभियान
Latest NewsJust now

जाजरकोटको नलगाडमा एमालेको अभिमुखीकरण अभियान

जाजरकोट । नेकपा (एमाले) को मिसन पार्टी जागरण अभियानअन्तर्गत जाजरकोटको नलगाडमा नगर कमिटी बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बैठकले पार्टीका तत्कालीन दुई कार्यभार र १५ कामलाई केन्द्रमा राखेर... ...

रातोपाटी
क्युबामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई डब्ल्यूएचओको आग्रह
Latest NewsJust now

क्युबामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई डब्ल्यूएचओको आग्रह

जेनेभा, मङ्सिर १३ गते । अमेरिकालाई क्युबामाथिको प्रतिबन्ध हटाउन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले आग्रह गर्नुभएको छ । टापु गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । वासि... ...

गोरखापत्र
भगवती हाइड्रोपावरको १२ प्रतिशत लाभांश घोषणा
Latest NewsJust now

भगवती हाइड्रोपावरको १२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीले बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न २६औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा पुस १४ गते मंगलबार पोखराको घारीपाटनस्थित आव्या क्लबमा बिहान ११ बजे बस्नेछ। सभामा कम्पनीको हाल कायम चुक्ता पुँजीको ...

कर्पोरट खबर
नेपालमा आईआईटी क्याम्पसः स्थापना कसरी हुन्छ, विद्यार्थीले के पाउँछन् ?
Latest NewsJust now

नेपालमा आईआईटी क्याम्पसः स्थापना कसरी हुन्छ, विद्यार्थीले के पाउँछन् ?

काठमाडौं । नेपालमा विश्वप्रसिद्ध भारतीय प्रविधि संस्थान (आईआईटी)को अफसोर क्याम्पस स्थापना गर्ने सहमतिसँगै यसको कानुनी प्रक्रिया, सञ्चालन मोडेल र विद्यार्थीले पाउने अवसरबारे चासो बढेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोल्ने प्रक्रिया आईआईटीबाट सुरु गर्ने सहमति भएपछि नेपालको उच्च शिक्षा क्षेत्रमा नयाँ सम्भावनाको अपेक्षा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement