काठमाडौं । दीपक भेटुवाल (दीपसागर)द्वारा लिखित समालोचनात्मक कृति ‘बालसाहित्यमा जलेश्वरी श्रेष्ठ’ लोकार्पण गरिएको छ । सूचक प्रकाशनद्वारा प्रकाशित पुस्तक काठमाडौंमा साहित्यकार जलेश्वरी श्रेष्ठ, हीरण्यकुमारी पाठक र प्राडा.ज्ञानु पाण्डेलगायतले संयुक्तरूपमा लोकार्पण गर्नुभएको हो । कार्यक्रममा साहित्यकार श्रेष्ठले आफ्ना बालसाहित्यिक कृतिमाथि अध्ययन गरेर पुस्तक तयार पारिएकोमा खुशी व्यक्त गर्नुभयो । कृतिकार भेटुवालले पुस्तकमा आवश्यक सुधार आगामी संस्करणमा समेट्ने बताउनुभयो । बालसाहित्य अभियन्ता प्रमोद प्रधानले श्रेष्ठका छ बालसाहित्यिक कृति प्रकाशित भइसकेको उल्लेख गर्दै बालसाहित्य सिर्जना चुनौतीपूर्ण काम भएको जिकिर गर्नुभयो । प्राडा.पाण्डेले पुस्तकले बालसाहित्यको समग्र अवधारणा समेटेको बताउनुभयो । समीक्षक डा.छायादत्त न्यौपानेले पुस्तकमा बालसाहित्यको इतिहास, अनुसन्धान र विविध पक्ष समेटिएको उल्लेख गर्नुभयो । डा.शैलेन्दुप्रकाश नेपालले नेपाली बालसाहित्यमा पुस्तकको महत्त्वपूर्ण योगदान रहने धारणा राख्नुभयो । कार्यक्रममा केदारनाथ श्रेष्ठ, डा.नवराज रिजाल, माधव घिमिरे अटललगायतले पनि कृतिमाथि धारणा राख्नुभएको थियो ।
‘बालसाहित्यमा जलेश्वरी श्रेष्ठ’ लोकार्पित

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






