बारामा सर्पको टोकाइबाट १० वर्षीया बालिकाको मृत्यु

बारा । बाराको परवानीपुर गाउँपालिका-५, नौतन टोलमा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । परवानीपुर गाउँपालिका-५ नौतनका स्थानीय मनोज साहकी १० वर्षीया छोरी सन्झना कुमारी आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा २०८३ कार्तिक १ गते राति ११ः५५ बजे नाम नखुलेको सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताउनुभयो । सर्पदंशबाट बिरामी भएकी बालिकालाई उपचारका लागि पर्साको वीरगंज स्थित नारायणी अस्पताल लगिएको उहाँले जानकारी दिनुभयो ।अस्पतालमा चिकित्सकले जाँच तथा ईसीजी परीक्षण गर्दा २०८३ कार्तिक २ गते विहान १२ः२९ बजे उनलाई मृत घोषणा गरेको उहाँले बताउनुभयो । बालिकाको शव नारायणी अस्पतालमै रहेको जानकारी अस्पतालका प्रहरी कर्मचारी मार्फत इलाका प्रहरी कार्यालय प्रसौनीमा प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक रामबालक साहको कमाण्डमा प्रहरी टोली घटनास्थल तर्फ खटिएको उहाँले बताउनुभयो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

कोप–३१ मा जलवायु न्याय र हिमाली क्षेत्रको संरक्षणलाई प्राथमिकता दिने नेपालको तयारी
जलवायु अनुकूलन र जलवायुजन्य हानि–नोक्सानीका विषयलाई मुख्य प्राथमिकताका साथ उठाउने भएको छ। ...

सकेट बम विस्फोट हुँदा दुई किशोर घाइते
जुम्लामा पाइपभित्र रहेको बारुद सल्किएर सकेट बम विस्फोट भएको थियो । बम द्वन्द्वकालकै रहेको प्रहरीले जनाएको छ । ...

बिरामी बोक्ने एम्बुलेन्समै साढे पाँच क्विन्टल गाँजा बरामद, चालक फरार
काठमाडौं । सुनसरीमा बिरामी बोक्ने एम्बुलेन्सबाटै ठूलो परिमाणमा गाँजा बरामद भएको छ । प्रहरीले दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा फेला पारेको एम्बुलेन्सबाट ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको हो । एम्बुलेन्समा ‘नेपाल–भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको थियो । तर, त्यसको वास्तविक सञ्चालक को हो र गाँजा कहाँबाट ल्याइएको थियो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार ...

हिन्दी सिनेमामा हिट र फ्लपको हिसाब कसरी गरिन्छ ?
काठमाडाैँ। वर्ष २०२५ भारतीय चलचित्र उद्योगका लागि निकै सफल रह्यो । देशभरका चलचित्रले बक्स अफिसमा कुल १३ हजार ३९५ करोड भारुभन्दा बढीको कारोबार गरे । कोभिड–१९ महामारीपछि सुस्ताएको चलचित्र उद्योगले फेरि... ...


